मार्सेलोलाई युभेन्टस लाँदै क्रिस्टियानो रोनाल्डो !

काठमाडौंः हालै रियल मड्रिडबाट युभेन्टस पुगेको क्रिस्टियानो रोनाल्डोले रियलका पूर्व टिममेट मार्सेलोलाई युभेन्टस आउन आग्रह गरेका छन् ।

इटालियन पत्रिका टुटोस्पोर्टसका अनुसार मार्सेलोलाई रोनाल्डोले युभेन्टस आउन र फेरीसँगै खेल्न आग्रह गरेका हुन् ।  लेफ्टब्याक मार्सेलो ररोनाल्डोबीचको सहकार्य रियलमा निक्कै सफल भएको थियो ।

रोनाल्डोले पुर्वसहयात्री मार्सेलोलाई मनाउन प्रयास गरिरहेको र युभेन्टसले चाहेको खन्डमा एलेक्स सान्ड्रोलाई बेचेर मार्सेलो भित्र्याउन सक्ने समचारमा दावी गरिएको छ । सान्ड्रोको मुल्य ३६ मिलियन पाउन्ड तोकिएको छ । उनी पिएसजी जान इच्छुक रहेको छन् ।

मार्सेलो र रोनाल्डोले रियलमा ९ वर्ष सहकार्य गर्दा ४ ला लिगा, ४ च्याम्पियन्स लिग जितेका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

नेपाली प्रोफाइलमा खाता किन?

समाचार संग्रह गर्न तथा संग्रहित समाचार पढ्न सक्नुहुनेछ ।

नेपाली प्रोफाइलमा आफ्ना लेख प्रकाशित गर्न सक्नुहुनेछ ।

तपाईंको रुची अनुसारको समाचार पढ्न सक्नुहुनेछ ।