निशान खड्का हत्या प्रकरण : शव हेर्दै भक्कानिए बुवा, दागबत्ती दिनै सकेनन्(भिडियो)

निशान खड्का हत्या प्रकरण : शव हेर्दै भक्कानिए बुवा, दागबत्ती दिनै सकेनन्(भिडियो)

छोराको अनुहार हेर्दै भक्कानिएपछि बुवा गणेशबहादुर खड्काले दागबत्ती दिन सक्नुभएन । छोरालाई दागबत्ती दिन नसकेर केही पर राखिएको बेञ्चमा बसेका गणेशबहादुरका हात बाउँडिएका थिए । छोरालाई पानी खुवाउना साथ उहाँलाई शवभन्दा टाढा नै राखिएको थियो ।

बुवाले दागबत्ती दिन नसकेपछि आफन्त र मलामीहरुले केहीबेर कसले दागबत्ती दिने भनेर छलफल गरेका थिए । निशानका हजुरबुवासँगै मावलका हजुरबुवा पनि नातिको अनुहार अन्तिम पटक हेर्न आर्यघाट आइपुग्नुभएको थियो ।

घरका व्यक्ति हुँदा हुँदै अरुले दागबत्ती दिन नहुने भनाई आएपछि जयबहादुर खड्काले नातिलाई दागबत्ती दिनुभयो । छोराको हत्याको खबर सुने लगत्तै कम्पनीमा बिदा पेसेका गणेशबहादुर बिहीबार अाउनुभएको हो ।

Facebook Comments