प्रियंकाभन्दा निकलाई हतार, भने– “म आफ्नो बच्चा छिटो हेर्न चाहन्छु ।”

काठमाडौं, २७ साउन । बलिउड अभिनेत्री प्रियंका चोपडाको इंगेजमेन्टको चर्चा चलिरहेको बेलामा उनका हुनेवाला पति अर्थात अमेरिकी गायक निक जोनसले आफुलाई बच्चाको चाहना भएको बताएका छन् । एक ईभेन्टमा उपस्थित उनले मिडियासामु भनेका छन्, “आफ्नो परिवार नै मेरो अर्को लक्ष्य हो । म एकदमै बिस्वस्थ छु की यो छिट्टै नै हुनेछ ।”

उनले थपे, “भतिजीहरुसँग समय बिताएर मैले बच्चा कसरी हुर्काउने भन्ने प्रर्याप्त तालिम पाईसकेँ, त्यसैले पनि अब म आफ्नो परिवार चाहान्छु ।” नीकले भजिजीहरुसँग अब उनीहरुको कजिन हुने बताएका छन् तर त्यो समय कहिले आउँछ भन्नेबारे भने उनले मुख खोलेका छैनन् । निक आफ्ना दाई केविन जोनसका साना छोरीहरु वैलेंटीना र एलेनासँग पनि एकदमै नजिक छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

नेपाली प्रोफाइलमा खाता किन?

समाचार संग्रह गर्न तथा संग्रहित समाचार पढ्न सक्नुहुनेछ ।

नेपाली प्रोफाइलमा आफ्ना लेख प्रकाशित गर्न सक्नुहुनेछ ।

तपाईंको रुची अनुसारको समाचार पढ्न सक्नुहुनेछ ।

%d bloggers like this: