मुटु रोगीले खाने औषधिमा फलामको तार

मुटु रोगीले खाने औषधिमा फलामको तार

बुटवल, २७ साउन । मुटुका विरामीहरुका लागि उपयोगी भनेर दिइने औषधिमा फलाम भेटिएको छ । बुटवल बजारमा रहेका औषधि पसलमा आएको औषधिमा फलाम भेटिएको हो ।

बुटवलकी एक खनाल थरकी महिलाले दिनहुँ औषधि किन्ने मेडिकलवाट लिएर जाने औषधि किनेर लगेकी थिइन् । उनले औषधि खाने बेलामा त्यसमा फलाम देखेको बताइन् । एउटा पत्ताको दुईवटा ट्याबलेटमा फलामको तार रहेको उनले जानकारी दिइन् ।

उनी मुटु रोगकी बिरामी हुन् । केही वर्ष देखि उनले मुटु रोगका लागि औषधि खाँदै आएकी थिइन् । उनले  coumadin 5 यो औषधि खांदै आएकी थिइन् । आइतवार किनेर ल्याएको औषधिमा फलामको तार भेटिएको हो ।

औषधिमा फलाम भेटिए पछि उनले संचारकर्मीलाई त्यसको जानकारी गराएकी छन् । उनले सर्वसाधारणको स्वास्थ्यमा भएको यसतो खेलवाडको सामुहिक प्रतिवाद गर्न समेत आग्रह गरिन् । नामको औषधिमा फलामको तार देखिएको हो ।

Facebook Comments