विराटनगर महानगरपालिकामा मेयरको कार्यकक्ष अगाडि बम विष्फोट, यस्तो छ मेयरको गाडीको हालत

विराटनगर महानगरपालिकामा मेयरको कार्यकक्ष अगाडि बम विष्फोट, यस्तो छ मेयरको गाडीको हालत

मोरङ, २७ साउन । विराटनगर महानगरपालिकाका मेयरको कार्यकक्ष अगाडि बम विष्फोट भएको छ ।
मेयर भीम पराजुलीको कार्यकक्ष बाहिर आइतबार दिउँसो बम विष्फोट भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । बम विष्फोटबाट मेयरको गाडीको शिशा फुटेको प्रहरीले जनाएको छ ।

विष्फोटपछि प्रहरीले महानगरपालिकालाई घेरा हालेको छ । विष्फोटबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । बम कसले किन विष्फोट गराएको हो भन्ने खुलेको छैन ।

Facebook Comments