काठमाडौं बसपार्कवाट फेरी अर्का बालक ‘अपहरण’

काठमाडौं बसपार्कवाट फेरी अर्का बालक ‘अपहरण’

काठमाडौंको गोंगबुबाट सोमवार एक ९ वर्षीय बालक बेपत्ता भएका छन् । तनहुँंवाट गाडीमा आमासंग काठमाडौं आएका ९ वर्षीय सिजान्त महत बेपत्ता भएका हुन् ।

आइतवार तनहुँको शुक्लागण्डकी नगरपालिकावाट हिंडेका उनीहरु सोमवार विहान काठमाडौं आइपुगेका थिए । गाडीमा संगैको सिटमा बसेर आएका एक युवाले अपहरण गरेको हुनसक्ने भन्दै बालककी आमाले प्रहरीमा उजुरी दिएकी छन् ।

काठमाडौंको बसपार्कमा गाडीवाट उत्रिए पछि संगै सिटमा बसेर आएका युवालाई आफ्नो छोरा एकैछिन हेरिदिनु भन्दै शौचालय गएकी उनकी आमा सीता फर्केर आउंदा छोरा र ति युवा समेत नभएको जनाएकी छन् ।

तनहुँबाट सोही गाडीको एकै सीटमा बसेर आएका दिलबहादुर कार्कीले छोरा सिजान्तलाई अपहरण गरेको भन्दै आमा सीताले प्रहरीमा उजुरी दिएकी छन् ।

मेडिकल कलेजमा काम गर्छु भन्ने दिलबहादुर कार्की गाडीमै परिचय भएको सीताले बताएकी छन् । गाडीवाट उत्रीए पछि छोरा र झोला ति ब्यक्तिको जिम्मा लगाएकी थिए तर शौचालयवाट फर्किदा दुवैजना थिएनन् उनले भनिन् ।

ति ब्यक्तिले सीताको झोला र मोवाइल समेत लिएर गएको भन्दै प्रहरीमा उजुरी दिएकी छन् । प्रहरीले घटनाबारे छानबिन गरिरहेको जनाएको छ ।

Facebook Comments