गगन थापाको अनौठो माग सुनेर संसद बैठकमा खैलाबैला (भिडियो)

गगन थापाको अनौठो माग सुनेर संसद बैठकमा खैलाबैला (भिडियो)

काठमाडौं । गगन थापाले आजको संसद बैठकमा छोटो समय लिए, तर धेरैको ध्यान ताने । उनले सरकारलाई व्यंग्य गर्न बाँकी रखेनन् । व्यंग्य र विरोधको विषय थियोः काठमाडौंका सडकको बेहाल अवस्था । नेपाली कांग्रेसका प्रतिनिधि सभा सांसंद थापाले केपी ओली नेतृत्वको सरकारले काम पटक्कै गर्न नसकेको भन्दै आलोचना गर्दै आएका छन् । आजको संसदमा उनले राजधानीका सडकको विषयमा सरकारमाथि कटाक्ष छेडेका हुन् । विमिस्टेक सम्मेलनमा ६ देशका विशिष्ट पाहुना काठमाडौंमा आउन लागेको सन्दर्भमा गगन थापाले ती पाहुनालाई काठमाडौंका विभिन्न होटलमा छरिएर रहने व्यवस्था मिलाउन सरकारसँग माग गरेका हुन् ।

गगनको यो अनौठो मागले सांसदहरू चकित परे । पछि थाह लाग्यो गगनले राजधानीका सडकको बेहाल अवस्था देखाउन विदेशी पाहुनालाई एकै होटलमा नराखेर छरिएर रहने व्यवस्था मिलाउन सरकारसँग माग गरेका रहेछन् । यस अगाडि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भारतकै राष्ट्रपति प्रणव मुखर्जी र सार्क सम्मेलन लगायतका अन्तराष्ट्रिय पाहुनाको आगमनमा काठमाडौंका सडक चिरिच्याट्ट पारिएको थियो । तर अहिले भने बेहाल छन् सडक । नेपाल आउने पाहुनाले सडकको बेहाल स्थिति देख्छन् भनेर सरकारले सडक बनाउँछ कि भन्दै गगनले व्यंग्य गरेका हुन् । हेर्नुस् गगनको यो व्यंग्यः

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

नेपाली प्रोफाइलमा खाता किन?

समाचार संग्रह गर्न तथा संग्रहित समाचार पढ्न सक्नुहुनेछ ।

नेपाली प्रोफाइलमा आफ्ना लेख प्रकाशित गर्न सक्नुहुनेछ ।

तपाईंको रुची अनुसारको समाचार पढ्न सक्नुहुनेछ ।