एशिया कप क्वालिफायरमा सागर पुनको बहादुरीपूर्ण प्रदर्शनसँगै नेपालद्वारा ओमानलाई २२२ रनको लक्ष्य

एशिया कप क्वालिफायरमा सागर पुनको बहादुरीपूर्ण प्रदर्शनसँगै नेपालद्वारा ओमानलाई २२२ रनको लक्ष्य

काठमाडौं, १३ भदौं । एशिया कप क्वालिफायरको पहिलो खेलमा नेपालले ओमानलाई २२२ रनको लक्ष्य दिएको छ। नेपालले पहिला ब्याटिंग गर्दै ५० ओभरमा ९ विकेट गुमाएर २२१ रन बनाएको हो।

नेपालका लागि सागर पुनले सर्वाधिक ८३ रन बनाए भने त्यस्तै उपकप्तान ज्ञानेन्द्र मल्लले ४५ र आरिफ शेखले ३६ रन बनाएका छन्। करण केसीले २६, दिपेन्द्र सिंह ऐरीले ९, कप्तान पारस खड्काले ८, सोमपाल कामीले ७ र सुबास खकुरेलले ४ रन बनाएका छन्। करण केसीले १० बलमा २ छक्का र एक चौका हान्दै २६ रन बनाएका थिए।

नेपालका सुबास खकुरेल, सागर पुन र बसन्त रेग्मी रन आउट भएका थिए। त्यस्तै ओमानका बलर मोहमद नदीम, अजय लालचेटा र बिलाल खानले २-२ विकेट लिएका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

नेपाली प्रोफाइलमा खाता किन?

समाचार संग्रह गर्न तथा संग्रहित समाचार पढ्न सक्नुहुनेछ ।

नेपाली प्रोफाइलमा आफ्ना लेख प्रकाशित गर्न सक्नुहुनेछ ।

तपाईंको रुची अनुसारको समाचार पढ्न सक्नुहुनेछ ।