प्रहरीको गोलीबाट अमेरिकामा मारिए नेपाली, किन हान्यो प्रहरीले गोली ?

प्रहरीको गोलीबाट अमेरिकामा मारिए नेपाली, किन हान्यो प्रहरीले गोली ?

अमेरिकाको कोलोराडो वेष्टमिनिस्टरमा प्रहरीको गोलीबाट नेपाली युवाको मृत्यु भएको छ । मारिनेमा कोलोराडो निवासी २५ बर्षीय बिरेन्द्र ठकुरी रहेका छन् ।

कोलोराडोको रान्च रिजर्भ पार्कवे र फेडेरल बोलुभर्डमा शनिबार बेलुका भएको घटनामा प्रहरीले नेपाली युवामाथि गोली हानेको हो । सडकको छेउमा केही व्यक्तिहरु झगडा गरिरहेको खबर पाएपछि बेलुका पौने ९ बजेतिर त्यहाँ प्रहरी पुगेको थियो ।

प्रहरी पुग्दा सडकको छेउमा केही व्यक्तिहरु रहेका थिए । प्रहरी आएपछि मृतक ठकुरी र उनका दाजु प्रहरी भएतिर अगाडि बढेका थिए । दुईजना व्यक्ति आफूतिर अगाडि बढेको र उनीहरुले आदेशको पालना नगरेको भन्दै प्रहरीले गोली चलाएको थियो ।

गोली लागेका बिरेन्द्र ठकुरीलाई अस्पतालमा मृत घोषणा गरिएको थियो भने उनका दाजुलाई प्रहरीले हिराशतमा लिएको थियो । तर उनलाई राती अबेर प्रहरीले रिहा गरेको थियो ।

प्रहरीले गोली हान्ने अधिकारीको नाम भने सार्वजनिक गरेको छैन । घटनाबारे अनुसन्धान भइरहेको जनाइएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

नेपाली प्रोफाइलमा खाता किन?

समाचार संग्रह गर्न तथा संग्रहित समाचार पढ्न सक्नुहुनेछ ।

नेपाली प्रोफाइलमा आफ्ना लेख प्रकाशित गर्न सक्नुहुनेछ ।

तपाईंको रुची अनुसारको समाचार पढ्न सक्नुहुनेछ ।