बलीउड सुपरस्टार रितिक रोशन माथि धोकाधडी गरेको भन्दै मुद्दा दर्ता

बलीउड सुपरस्टार रितिक रोशन माथि धोकाधडी गरेको भन्दै मुद्दा दर्ता

एजेन्सी । बलीउडका सुपरस्टार रितिक रोशनमाथि धोका दिएको भन्दै मुद्दा दायर भएको छ । भारतका एक ब्यापारीले उनी माथि धोकाधडीको अभियोगमा मुद्दा दर्ता गराएका छन् । आर मुरलीधर नामक एक थोक व्यापारीले चेन्नईमा रितिक रोशन र ८ अन्य मानिसहरुमाथि पनि धोका दिएको भन्दै उजुरी दर्ता गराएका छन् ।

भारतीय सञ्चार माध्यमले जनाए अनुसार गुडगाँउको एउटा कम्पनीले रितिकलाई एचआरएक्स ब्रान्डको मर्चेडाइजिंगका लागि स्टकिस्ट नियुक्त गरेको थियो । तर रितिक र अन्य ८ जनाले मिलेर मुरलीधरलाई धोका दिए । रितिकले धोका दिएका कारण ति ब्यापारीको २१ लाख रुपैया घाटा भयो । रितिकले उक्त क्लोदिङ ब्राण्ड सन् २०१४ मा सुरु गरेका थिए ।

ती व्यापारीले फर्मका तर्फबाट उनलाई नियमित सेवा नदिएको बताएका छन् । उनलाई एम्बेस्डल नियुक्त गरेको भएपनि रितिकले सेवा नदिएको आरोप मुरलीधरको छ । रितिकले आफ्नो मार्केटिङ टीमलाई आफूहरुलाई जानकारी नै नदिई बाहिरिएको र यसका कारण उनीहरुसँग रहेको उत्पादन त्यहीँ सीमित रहिरह्यो । आफ्नोमा रहेका कामदारहरुको तलब र गोदामको भाडा मिलाएर उनले करिब २१ लाखको घाटा बेहोर्नुपरेको भन्दै मुरलीधरले धोकाधडीको केश दर्ता गराएको बताएका छन् ।

मुरलीधरको उजुरीका आधारमा त्यहाँको स्थानीय पुलिसले रितिक र अन्य ८ जना मानिसहरु विरुद्ध मुद्दा दर्ता गराएको छ । हालका दिनमा रितिक रोशन आफ्नो आगामी फिल्म ‘सुपर ३०’ को सुटिङमा व्यस्त रहेका छन् । यो फिल्म २५ जनवरीमा रिलिज हुदैछ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

नेपाली प्रोफाइलमा खाता किन?

समाचार संग्रह गर्न तथा संग्रहित समाचार पढ्न सक्नुहुनेछ ।

नेपाली प्रोफाइलमा आफ्ना लेख प्रकाशित गर्न सक्नुहुनेछ ।

तपाईंको रुची अनुसारको समाचार पढ्न सक्नुहुनेछ ।