सन्दीप लामिछाने एक्लैले लिए चार विकेट, यूएईकोे ८ विकेट झर्यो

सन्दीप लामिछाने एक्लैले लिए चार विकेट, यूएईकोे ८ विकेट झर्यो

मलेसियामा जारी एसिया कप क्रिकेटछनोटको दोस्रो खेलमा नेपालले युएईसंग खेलिरहेको छ । क्वालालम्पुरमा भइरहेको खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गरेको छ । पहिलो खेलमा ओमानविरुद्ध एक विकेट पनि नलिएका सन्दीप लामिछानेले युएईविरुद्ध भने निकै राम्रो बलिङ गरेका छन् । सन्दीपले ४ विकेट लिएका छन् । उनले १० ओभरमा २ मेडन राख्दै २४ रन खर्चेर ४ विकेट लिएका हुन् ।

अहिले यूएईकोे ८ विकेट झरिसकेको छ । अहिले ४९ ओभरको खेल चलिरहँदा युएईले २३५ रन बनाएर खेरिहेको छ । युएई ओमानभन्दा सशक्त देखिएको छ । पहिलो खेलमा नेपाल ओमानसंग ७ विकेटले पराजित भएको थियो ।

युएईले सिंगापुरलाई २१५ रनले हराएका थियो । नेपालले लिग चरणमा शनिबार आयोजक मलेसिया, आइतबार सिंगापुरविरुद्ध र अन्तिम खेल आगामी मंगलबार हङकङविरुद्ध खेल्नेछ। बिहिबार सिंगापुरले हङकङसंग र आयोजक मलेसियाले ओमानसंग खेलिरहेको छ ।

Facebook Comments