उप–प्रधानमन्त्री यादवलाई कालो झण्डा देखाएको आरोपमा पक्राउ परेका युवकको किन गयो ज्यान ?

उप–प्रधानमन्त्री यादवलाई कालो झण्डा देखाएको आरोपमा पक्राउ परेका युवकको किन गयो ज्यान ?

बर्दिया – बर्दियामा उप–प्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई कालो झण्डा देखाउने क्रममा पक्राउ परेका ४ जनामध्ये एक जनाको उपचारको क्रममा मृत्यु भएको छ ।

यही भदौ ७ गते यादवलाई कालो झण्डा देखाउने क्रममा गुलरियाबाट पक्राउ परेका ४ जना युवामध्ये बाँकेको जानकी गाउँपालिकाका राममनोहर यादव बिरामी भएपछि काठमाडौं ल्याइएको थियो । प्रहरी हिरासतमै बिरामी भएपछि उनलाई उपचारका लागि काठमाडाैं ल्याइएकाे हाे ।

उनको आज शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा ज्यान गएको हो । पक्राउ परेका अन्य तीन जना युवकहरु प्रहरी हिरासतमै रहेका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

नेपाली प्रोफाइलमा खाता किन?

समाचार संग्रह गर्न तथा संग्रहित समाचार पढ्न सक्नुहुनेछ ।

नेपाली प्रोफाइलमा आफ्ना लेख प्रकाशित गर्न सक्नुहुनेछ ।

तपाईंको रुची अनुसारको समाचार पढ्न सक्नुहुनेछ ।