एनसेलले ल्यायो ‘रिचार्ज एण्ड विन’ अफर, हरेक हप्ता १० जनालाई एक लाख नगद

एनसेलले ल्यायो ‘रिचार्ज एण्ड विन’ अफर, हरेक हप्ता १० जनालाई एक लाख नगद

काठमाडौं, १७ भदौं । एनसेल प्राईभेट लिमिटेडले नजिकिदै गरेको चाडपर्वको अवसरमा आफ्ना ग्राहकका लागि आकर्षक ‘रिचार्ज एण्ड विन’ अफर ल्याएको छ । यस योजना अन्तर्गत एनसेलका १० भाग्यशाली ग्राहकले हरेक हप्ता जनही एक लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । यो अफर यहि आइतबार (भदौ १७) गते देखि लागु भई १० हप्तासम्म संचालनमा रहनेछ । यो योजना साप्ताहिक चक्रमा संचालन हुनेछ । योजनामा सप्ताहभर १०० वा सो भन्दा बढी रिचार्ज गर्ने एनसेलका सम्पूर्ण प्रिपेड तथा पोस्टपेड ग्राहकले भागलिई आकर्षक नगद पुरस्कार जित्ने अवसर प्राप्त गर्न सक्नेछन् ।

ग्राहकले प्रत्येक १०० बराबरको रिचार्जका लागि एसएमएस मार्फत एउटा कोड प्राप्त गर्नेछन् । ग्राहकले आइतबार देखि शनिबारको अवधिमा २५० को रिचार्ज गरेका छन् भने सो सप्ताह लगत्तैको सोमबार सम्ममा एसएमएस मार्फत दुइवटा विशेष कोडहरु प्राप्त गर्नेछन् । त्यसैगरी ५०० रिचार्ज गरेका छन् भने पाँचवटा कोडहरु प्राप्त गर्नेछन् । योजना अवधिभर हरेक हप्ताका १० भाग्यशाली ग्राहकहरुको छनौट प्रत्यक्ष प्रशारणमा हुने लक्की ड्र मार्फत गरिनेछ । चर्चित व्यक्तित्वहरुको उपस्थितीमा मंगलबारका दिन साँझ ७ः०० बजे एपि वान टेलिभिजनमा लक्की ड्र प्रत्यक्ष प्रसारण हुनेछ ।

यसरी छानिएका भाग्यशाली ग्राहकहरुलाई हरेक बिहीबार एक कार्यक्रम माझ प्रति व्यक्ति एक लाखका दरले नगद पुरस्कार हस्तान्तरण गरिनेछ । एनसेलका प्रमुख कमर्शियल अधिकृत एण्डी चोङ्का अनुसार यस योजनाले १० हप्तामा छानिने १०० जना भाग्यशाली ग्राहकहरुको चाडपर्व हर्षउल्लास मय बनाउने अपेक्षा गरेका बताए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

नेपाली प्रोफाइलमा खाता किन?

समाचार संग्रह गर्न तथा संग्रहित समाचार पढ्न सक्नुहुनेछ ।

नेपाली प्रोफाइलमा आफ्ना लेख प्रकाशित गर्न सक्नुहुनेछ ।

तपाईंको रुची अनुसारको समाचार पढ्न सक्नुहुनेछ ।