निर्मला पन्तका बुवालाई तत्कालिन प्रहरी प्रमुखको धम्की, ‘छोरीको शव नउठाए कफ्र्यु लगाएर गोली ठोकिदिन्छु’

निर्मला पन्तका बुवालाई तत्कालिन प्रहरी प्रमुखको धम्की, ‘छोरीको शव नउठाए कफ्र्यु लगाएर गोली ठोकिदिन्छु’

काठमाडौं, १७ भदौ । निर्मला पन्तका बुवालाई तत्कालिन प्रहरी प्रमुख डिल्लीराज विष्टले छोरीको शव नबुझे कफ्र्यु लगाएर गोली हान्ने धम्की दिएको खुलासा भएको छ । कञ्चनपुरकी १३ वर्षकी निर्मला पन्तको बलात्कार र हत्याको घटना पछि निर्मलाका परिवारले हत्यारा पत्ता नलाग्दा सम्म शव नउठाउने अडान लिएका थिए ।

शव नउठाउने अडान लिएका निर्मलाका बुवालाई तत्कालिन प्रहरी प्रमुखले गोली हान्ने धम्की दिएको निर्मलाका बुवाले बताएको भिडियो सार्वजनिक भएको छ । वाह्रखरीले सो भिडियो सार्वजनिक गरेको छ । ‘‘तपाईँले छोरी निर्मलाको लाश नउठाएपछि जसरी एकजना गम्भीर घाइते भएर नेपालगञ्ज पुर्‍याइएको छ,यस्तै स्थिति रहने हो भने म भोलि बिहानदेखि महेन्द्रनगरमा कर्फ्यु लगाउँछु । कर्फ्यु लगाएर गोली हान्दिन्छु, त्यसपछि मान्छे मरेको घाइते भए तपाईँले जिम्मा लिनुपर्छ,’’ निर्मलाका बुवालाई तत्कालिन एसपीले यस्तो भनेर धम्की दिएको उनले बताएका छन् ।

निर्मलाका बुवा यज्ञराज पन्तले आफुलाई तत्कालिन प्रहरी प्रमुखले धम्की दिएको बताएका छन् । प्रहरीले जवरजस्ती शव उठाउन दवाव र धम्की दिएका कारण आफु असुरक्षित भए पछि उनी आफन्तको घर फेर्दै बस्ने गरेको समेत सुनाएका छन् । बारम्बार धम्की आएपछि उनी आफ्नो घरमा समेत बस्न सकेनन् । कहिले कसको घरमा त कहिले कस्कोघरमा बस्दै आएको उनले बताएका छन् ।

गत साउन १० गते साथी रोशनी बमको घरबाट निस्किएकी निर्मला ११ गते बिहान उँखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन् । प्रहरीले वास्तविक अपराधिलाई पक्राउ नगरी नक्कली अभियुक्त खडा गरेको निर्मलाका परिवारको भनाई छ । प्रहरीले भदौ ४ गते एक जना मानसिक सन्तुलन गुमाएका ४१ वर्षीयलाई अभियुक्त भन्दै सार्वजनिक गरेका थिए । परिवारका आफन्तले ति ब्यक्ति वास्तविक अपराधि नभएको भन्दै आन्दोलन सुरु गरेका हुन् ।

स्थानीयको आन्दोलनपछि कञ्चनपुरमा प्रहरी प्रमुख पनि परिवर्तन गरेर निर्मला हत्याकान्डमा शून्यदेखि नै अनुसन्धान सुरु भएको छ । तर पहिले प्रहरीले नै प्रमाण नष्ट गरेको पाइएको स्थानीय बताउँछन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

नेपाली प्रोफाइलमा खाता किन?

समाचार संग्रह गर्न तथा संग्रहित समाचार पढ्न सक्नुहुनेछ ।

नेपाली प्रोफाइलमा आफ्ना लेख प्रकाशित गर्न सक्नुहुनेछ ।

तपाईंको रुची अनुसारको समाचार पढ्न सक्नुहुनेछ ।