साफ च्याम्पिएन भए प्रत्येक खेलाडीलाई पाँच लाख दिने एन्फाको घोषणा

साफ च्याम्पिएन भए प्रत्येक खेलाडीलाई पाँच लाख दिने एन्फाको घोषणा

काठमाडौं, १७ भदौं । बंगलादेशमा आगामी मंगलबारदेखि सुरु हुन लागेको साफ सुजुकी कप फुटबलमा सहभागी हुने नेपाली राष्ट्रिय फुटबल टोलीको बिदाइ गरीएको छ । सातोबाटोस्थित एन्फा कम्पलेक्समा आयोजित कार्यक्रममा युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा, राखेप सदस्यसचिब केशबकुमार बिष्ट, एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा लगायत एन्फा पदाधिकारीले खेलाडीलाई बिदाई गरेका हुन् । बिदाई कार्यक्रममा युवा तथा खेलकुदमन्त्री जगत बिश्वकर्माले देशको प्रतिष्ठालाई ध्यान राख्दै मैदान उत्रिन खेलाडीलाई आग्रह गरेका छन् ।

एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले साफ सुजुकी कप जिते खेलाडीलाई जनही पाँच लाख पुरस्कार दिने घोषणा गरेका छन् । बिदाइ कार्यक्रममा टोलीका कार्यवाहक मुख्य प्रशिक्षक बालगोपाल महर्जनले खेलाडीले निरन्तर अभ्यास गरेकाले जित निकाल्ने बताए । यस्तै कप्तान बिराज महर्जनले खेलाडीबीचको समवन्यले जित निकाल्ने दाबी गरेका छन् ।
बंगलादेशको ढाकामा १९ गतेदेखि सुरु लागेको साफ सुजुकी कपमा नेपाल, पाकिस्तान, भुटान र बंगलादेश रहेको समूह ए मा छ । समूहको पहिलो खेल पाकिस्तानसँग खेल्ने नेपालले दोस्रो खेल भुटान र अन्तिम खेल आयोजक बंगलादेशसँग खेल्नेछ । बिराज महर्जनको कप्तानीमा रहेको रहेको नेपाली टोलीमा निराजन खड्का, सुमन अर्याल र कमल श्रेष्ठले पुनरागमन गरेका छन्।

गोलकिपरमाः किरण चेम्जोङ, बिकेश कुथु, एलन न्यौपाने, डिफेन्डरमाः बिराज मर्हजन, रोहित चन्द, दिनेश राजबंशी, देबेन्द्र तामाङ, अन्नत तामाङ, आदित्य चौधरी, सुमन अर्याल ।, मिडफिल्डरमाः हेमन्त थापामगर, हेमन गुरुङ, विशाल राई, सुनिल बल, सुजल श्रेष्ठ, निराजन खड्का ।, फरर्वाडमाः भरत खवास, बिमल घर्तिमगर, नवयुग श्रेष्ठ, अन्जन बिष्ट छन् । टोली आज दिउँसो बंगलादेश प्रस्थान गर्नेछ ।

Facebook Comments