पाँच मिनेट चार्ज गर्दा दुई घण्टा कुरा गर्न मिल्ने ओपो मोबाइलको विषेशता

पाँच मिनेट चार्ज गर्दा दुई घण्टा कुरा गर्न मिल्ने ओपो मोबाइलको विषेशता

काठमाडौ । ओपोले नयाँ मोबाइल फोन सार्वजनिक गरेको छ । ओपोले ५ मिनेट चार्ज गर्दा २ घण्टा टक टाइम दिने ‘ओपो एफनाइन’ मोबाइल सार्वजनिक गरेको हो । एफनाइनमा ६.३ इञ्च ‘वाटरड्रप स्क्रिन’ रहेको छ । यसैगरी, ९०.८५ ‘स्क्रिन टु बडी रेसियो’, ग्राडियन्ट कलर र ३५ सय एमएएच ब्याट्री यसका विशेषता रहेको कम्पनीले जनाएको छ ।

ओपोले एफसिरिजमा पहिलो पटक १६ र २ मेगापिक्सलका डुअल रियर क्यामेराको प्रयोग गरेको छ । ओपोले एफनाइनको प्रमुख क्यामेराका रुपमा एफ–१.८ एपर्चर लेन्ससहित १६ एमपीको क्यामेरा उपलब्ध गराएको छ । यसैगरी, २५ मेगापिक्सलको फ्रन्ट क्यामरा पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

फोनमा एआई ब्यूटी २.१ प्रयोग गरिएको छ । जसले प्रयोगकर्तालाई ८० लाख भिन्न ब्यक्तिगत ब्युटिफिकेसन इफेक्ट उपलब्ध गराउने कम्पनीको दाबी छ । कम्पनीका अनुसार यो फोनमा एन्ड्रोइड भर्जन ८.१ मा आधारित कलर असरेटिङ सिस्टम ५.२ सञ्चालन प्रणाली रहेको छ । यसैगरी, एफनाइनमा गुगल लेन्स पनि उपलब्ध रहेको छ ।

ओपो एफनाइनमा ४ तथा ६ जीबी या-म र ६४ जीबी मेमोरी क्षमता रहेको छ । मेमोरीलाई २५६ जीबीसम्म बढाउन सकिने कम्पनीले जनाएको छ । यसमा एकैपटक २ वटा सिमकार्ड र एउटा मेमोरी कार्ड प्रयोग गर्न सकिने छ । यो फोन भोक फ्ल्यासचार्जिङ र ग्राडियन्ट कलर डिजाइनसहित उपलब्ध हुने कम्पनीले जनाएको छ ।

सनराइज रेड, ट्वाइलाइट ब्ल्यू र स्टारी पर्पलसहित तीन भिन्न रंगमा यो फोन उपलब्ध छ । यसमध्ये सनराइज रेड र ट्वाइलाइट ब्लू देशभरका स्टोर मार्फत भदौ १४ गतेदेखि बिक्री सुरु गरिने भएको छ ।

Facebook Comments