सय रुपैयाँमा विधार्थी पढाएर चर्चामा आएका सञ्जेलको विवाह तीन सयमा सम्पन्न, महजोडीदेखि उपेन्द्र महतोसम्म जन्ती

सय रुपैयाँमा विधार्थी पढाएर चर्चामा आएका सञ्जेलको विवाह तीन सयमा सम्पन्न, महजोडीदेखि उपेन्द्र महतोसम्म जन्ती

काठमाडौं, १८ भदौ । समता शिक्षा अभियानका अभियन्ता उत्तम सञ्जेलले विहे गरेका छन्। उनले समता अस्पतालमा हेल्थ असिस्टेन्टको रुपमा कार्यरत कला अधिकारीसँग सोमबार गुहेश्वरी मन्दिर परिसरमा विहे गरेका हुन्।

उनको विहेमा १० जना जन्ती सहभागी थिए भने ३ सय रुपैयाँ मात्र खर्च भएको छ। चर्चित हस्तीहरु मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, उपेन्द्र महतो, गुणराज लुईंटेल, प्रतीक प्रधान, मनोज गजुरेल, सीताराम कट्टेललगायत छन् ।

उत्तम र कलाको जोडी बाँध्ने क्रममा दुवै पक्षले आफन्त समेत बोलाएनन् । उत्तमका अनुसार परिवारका मान्छे बोलाउँदा लेनदेनको कुरा पनि आउने भएकाले आपसी सहमतिमा वैवाहिक समारोहमा सहभागी नगराइएको हो ।  तीन सय रुपैयाँमै बिहे उत्रिएपछि दुलही पक्षले विवाहमा गर्न चाहेको खर्च समता अस्पतालमा उपचार गरि औषधि किन्न नसक्नेलाई सहयोग गर्ने भएका छन् ।

‘बिहेमा हुने खर्च समता अस्पतालमा उपचार गर्न आएर औषधि किन्न नसक्ने गरिबहरुको सहयोगमा लगाइने कुरा कलाले बताएकी छन्’, उत्तमले भने, ‘दाइजोको रुपमा सिङ्गै छोरी नै पाइसकेकाले मेरोतर्फबाट ससुरालीलाई आभार ब्यक्त गर्दै दाइजोको विकृतिलाई ब्यवहारमै हटाउन आग्रह पनि यहीँबाट गर्दैछु ।’

नवदुलाहा उत्तम सञ्जेल एकजना शिक्षा सेवी हुन् । उनी केबल एक सय रुपैयाँमामा नर्सरीदेखि नर्ससम्म पढाउने समता शिक्षा अभियानका अभियन्ता पनि हुन् । नेपालका ७७ जिल्लालगायत भारत, श्रीलंका र बंगालदेशमा समता स्कुल खोलेर करिब ६५ हजार गरिब बिद्यार्थीलाई शिक्षा अभियानको नेतृत्व उनले गरिरहेका छन् ।

उनीसँग जीवनसाथी बनेकी सुन्दरीजलकी कला अधिकारी पनि यसअघि नै उत्तमको सय रुपैयाँ शिक्षा अभियानमा जोडिएकी युवती हुन् । उनी अहिले केबल एक सय रुपैयाँमै उपचार गरिने समता अस्पतालमा हेल्थ असिस्टेन्टको रुपमा कार्यरत छिन् ।

Facebook Comments