नचाहदा नचाहदै खुल्यो राहुल गान्धीको पोल, यी नेपाली युवतीसँग गर्छन गान्धी प्रेम !

नचाहदा नचाहदै खुल्यो राहुल गान्धीको पोल, यी नेपाली युवतीसँग गर्छन गान्धी प्रेम !

काठमाडौं । शुक्रबार मानसरोवर जानको लागि भन्दै काठमाडौँ आएका काङ्ग्रेस आईका अध्यक्ष राहुल गान्धी गोप्य एक नेपाली युवतीलाई भेटेको कुरा बाहिरिएको छ । काठमाडौं बसाइको क्रममा गान्धीले बर्माका लागि नेपाली राजदुत भिमकृष्ण उदासकी सुपुत्री सिएनएनकी पूर्व पत्रकार सुम्निमा उदाससँग ‘डिनर–मिटङ’ गरेको बताइएको छ ।

राहुल आजै दुई जना साथीसहित मानसरोवरको धार्मिक यात्रामा निस्किएका छन्। गान्धीले डिनर भने लाजिम्पाट उत्तरढोकामा रहेको भुटु फुड बुटिक रेष्टुराँमा गरेको बताइएको छ । सिएनएनमा कार्यरत रहँदा सुम्निमाको नाम राहुलसँग जोडिएकोमात्रै थिएन, उनीहरु गहिरो प्रेममासमेत रहेको कुरा भारतीय मिडियामा चर्चा भएको थियो । सुम्निमाले लामो समय दिल्लीमा बसेर सिएनएनमा काम गरेकी थिईन् ।

Facebook Comments