नेपालको पहिलो खेल हुने समय, लाइभ कसरी हेर्ने लगायतका सम्पूर्ण जानकारी पाउनुहोस् ।

नेपालको पहिलो खेल हुने समय, लाइभ कसरी हेर्ने लगायतका सम्पूर्ण जानकारी पाउनुहोस् ।

दक्षिण एसियाली राष्ट्रहरुबीचको सबैभन्दा प्रतिष्ठित फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप अर्को इतिहासको नजिक आइपुगेको छ । साफ च्याम्पियनसिपको १२औं संस्करण यसपटक बंगलादेशमा शुरु हुदैछ । बुधबारबाट प्रतियोगिता बंगबन्धु रंगशालामा सुरु हुँदैछ ।

अहिले सम्म सेमिफाइलभन्दा अघि बढ्न नसकेको नेपालको हरेक पटक फाइनल पुग्ने लक्ष्य हुन्छ । तर, टोलीले फाइनल पुग्ने सफलता अहिले सम्म प्राप्त गर्न सकेको छैन । टोलीका कार्यवहाक मुख्य प्रशिक्षक बालगोपालले पहिला सेमिफाइनल अनि मात्र उपाधिका बारेमा सोच्ने बताएका छन् । मंगलबार पाकिस्तानसँग खेल्दै नेपालले यात्रा सुरु गर्नेछ ।

त्यसपछि नेपालले बिहिबार भुटान तथा शनिबार आयोजक बंगादेशको सामना गर्दैछ । सन् १९९३ मा सार्क गोल्डकपका नामले शुरु भएको यो प्रतियोगिता १९९७ मा नेपालमा आयोजना भएपछि साफ च्याम्पियनसिप बन्न पुगेको थियो । त्यसयता यो प्रतियोगिता साफ गोल्डकप, साफ कोकाकोला गोल्डकप हुदै साफ सुजुकी कपको नामले पनि चिनिन्छ ।

समूह ‘ए’ आयोजक बंगलादेश, भुटान र पाकिस्तानसँग परेको नेपाली टोलीले मंगलबार पहिलो खेलमा पाकिस्तानको सामना गर्दैछ। उक्त खेलको समय, लाइभ कसरी हेर्ने लगायतको सम्पूर्ण जानकारी पाउनुहोस।

खेल : नेपाल विरुद्ध पाकिस्तान

खेल हुने स्थान : बंगबंधु रंगशाला

खेल सुरु हुने नेपाली समय :दिउँसो ३:४५ बजे

प्रत्यक्ष प्रसारण : एपी वन एच डी

समूह चरणमा नेपालका खेलहरु

नेपाल विरुद्ध पाकिस्तान : सेप्टेम्बर ४

नेपाल विरुद्ध भुटान : सेप्टेम्बर ६

नेपाल विरुद्ध बंगलादेश : सेप्टेम्बर ८

Facebook Comments