पेट्रोल खानीको काम अगाडि बढाउन ओली सरकार अग्रसर, बोलायो चिनियाँ कम्पनी

पेट्रोल खानीको काम अगाडि बढाउन ओली सरकार अग्रसर, बोलायो चिनियाँ कम्पनी

काठमाडौ । नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले नेपालमा पेट्रोलियम पदार्थको खानी चलाउनका लागि चासोका साथ काम अघि बढाएको छ । यसका लागि चिनियाँ कम्पनीलाई बोलाएको छ ।

कम्पनीले सुर्खेत–दैलेख, बुटवल–पाल्पा र चतारा–बराहक्षेत्रको पेट्रोलियम खानीको विस्तृत अध्ययन गर्ने र कुनै एक खानीमा ड्रिलिङ गर्ने खानी विभागका पेट्रोलियम अन्वेषण परियोजना प्रमुख सुधिर रजौरेले बताए। नेपालमा रहेको पेट्रोलियम खानीको अन्वेषण गर्न चिनियाँ कम्पनीले पठाएको कार्ययोजनामा छलफल गरि सम्झौता गर्ने खानी विभागको तयारी छ। यसका लागि सरकारी तवरबाट म्याण्डेड पाईसकेको छ ।

चिनियाँ कम्पनीले पठाएको कार्ययोजनामा खानी विभागले छलफल गरेर चिनियाँ कम्पनीलाई सम्झौताको खाका पठाउने तयारी गरिरहेको विभागले जनाएको छ। नेपालले पठाएको सहमतिको खाकामा चिनियाँ कम्पनी सहमत हुने बित्तिकै पेट्रोलियम अन्वेषणको काम अघि बढ्ने खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमनाथ सापकोटालेले बताए।

‘सम्भवत आगामी दशैं तिहारपछि नै पेट्रोलिय खानीको विस्तृत अध्ययन सुरु हुने छु सापकोटाले बिजमाण्डूसँग भने, ‘विभागले चिनियाँ टोलिलाई सहज हुने र नेपाललाई आर्थिक रुपमा फाइदा हुनेगरि कार्य योजनामा छलफल गरिरहेको छ।

छिट्टै चिनियाँ कम्पनीसँग सम्झौता हुन्छ।’ नेपालले पेट्रोलियम खानी अन्वेषण गर्ने चिनियाँ कम्पनीलाई सहज हुने गरि जग्गा प्राप्ति, कानुनी जटिलता, वातावरणीय प्रभाव र अन्वेषण गर्ने मोडालिटिको वारेमा छलफल गरिरहेको छ।

‘छलफलमा चिनियाँ कम्पनीलाई सहज वातावरण र नेपाललाई आर्थिक रुपले फाइदा कसरी हुन्छ भनेर छलफलमै छौु सापकोटाले भने, ‘केहि दिनभित्र मोडालिटीको टुङ्गो लगाएर सम्झौताको खाका चिनियाँ कम्पनीलाई पठाउँछौं।‘ यसै महिना चिनियाँ कम्पनीको विज्ञ टोली नेपाल आउने तयारी भएपनि नेपाल र चिनियाँ दुवैतर्फ नेतृत्व फेरबदल हुँदा यो महिनाको मिति भने पर सरेको विभागको भनाई छ।

चिनियाँ कम्पनीले सुर्खेत-दैलेख, बुटवल-पाल्पा र चतारा-बराहक्षेत्रको पेट्रोलियम खानीको विस्तृत अध्ययन गर्ने र कुनै एक खानीमा ड्रिलिङ गर्ने खानी विभागका पेट्रोलियम अन्वेषण परियोजना प्रमुख सुधिर रजौरेले बताए। सरकारी पहलमा सुरु हुन लागेको पेट्रोलियम अन्वेषणको काम सुरु भएपछि अन्य ठाउँमा रहेका पेट्रोलियम खानीको अन्वेषणको लागि पनि तयारी थाल्ने उनले बताए।

नेपालमा भारतले नाकाबन्दी लगाउँदा प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक प्रधानमन्त्री हुँदा २०७२ मा चीन सरकारसँग पेट्रोलियम अन्वेषणको लागि द्विपक्षीय सम्झौता गरेका थिए। यतिबेला भने चिनियाँ पक्षले काम सुरु गर्ने तयारी सहित दुई अर्ब १० करोड रुपैयाँ बजेटनै छुट्ट्याइसकेको छ।

नेपाल सरकारले पनि पेट्रोलियम अन्वेषणको कामलाई उच्च प्राथामिकतामा राखेर अघि बढेकोले पेट्रोलियम अन्वेषणको काम सुरु हुनेमा विभाग विश्वस्त छ। नेपालमा यसअघि ५ वटा विदेशी कम्पनीले विभागबाट पेट्रोलियम अन्वेषणको अनुमति पाएर काम सुरु गरेका थिए।

सोल ट्राइगन नेदरल्याण्ड, केयर इनर्जी स्कटल्याण्ड, टेक्साना रिसोर्सेस अमेरिका, बिबिबी च्याम्पियन्स अमेरिका र इएबीजी कम्पनी युएईले पेट्रोलियम अन्वेषणको काम गरेपनि बिचमै काम छोडेका थिए।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

नेपाली प्रोफाइलमा खाता किन?

समाचार संग्रह गर्न तथा संग्रहित समाचार पढ्न सक्नुहुनेछ ।

नेपाली प्रोफाइलमा आफ्ना लेख प्रकाशित गर्न सक्नुहुनेछ ।

तपाईंको रुची अनुसारको समाचार पढ्न सक्नुहुनेछ ।