मलेसियामा कार्यरत ५ लाख नेपालीलाई खुशीको खबर, कामदारको तलव बढाउने मलेसियन सरकारको घोषणा

मलेसियामा कार्यरत ५ लाख नेपालीलाई खुशीको खबर, कामदारको तलव बढाउने मलेसियन सरकारको घोषणा

काठमाडौँ । मलेसियामा रहेका नेपाली कामदार र उनीहरुको परिवारका लागी अहिलेसम्मकै खुशीको खबर आएको छ । मलेसिया सरकारले कामदारको न्यूनतम तलब बृद्धि गर्ने घोषणा गरेसँगै यसबाट नेपाली कामदार पनि लाभान्वित हुने पक्कापक्की भएको छ ।

प्रधानमन्त्रीको कार्यालयले आगामी जनवरी १ देखि लागू हुने गरी कामदारको तलब मासिक १ हजार ५० वा घन्टाको ५.०५ आरएम तलब तोकेसँगै निकै कम पारिश्रमिकमा काम गर्दै आएका नेपाली कामदादारहरुले राहात महशुस मात्रै गर्ने छैनन् मुलुकको रेमिट्यान्समा समेत यसले राम्रो फाइदा पुर्याउने भएको छ ।

यसअघि कामदारको न्यूनतम तलब ठाउँअनुसार मासिक ९२० देखि १००० आरएमसम्म थियो । कामदारको न्यूनतम तलब बृद्धि ‘पाकातन हरापन’ गठबन्धनको प्रमुख १० चुनावी बाचामध्ये एक थियो । परामर्श समितिको सुझावका आधारमा तलव वृद्धि गरिएको छ । ‘देशको आर्थिक अवस्थाका आधारमा न्यूनतम तलब बृद्धि गरिएको हो ।

थोरै मात्रामा तलव बढाउँदा मजदुरले राम्रोसँग काममा मन दिने बताउँदै प्रधानमन्त्री कार्यालयले भनेको छ न्यूनतम तलब बृद्धि गर्नु सरकारको दायित्व भएको र यसले ठूला, मझौला वा साना उद्योग तथा कम्पनीहरु बन्द गर्नु पर्ने अवस्था आउँदैन । पछिल्लो तथ्यांक अनुसार मलेसियामा ५ लाखभन्दा बढि नेपाली मजदुरहरु कार्यरत छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

नेपाली प्रोफाइलमा खाता किन?

समाचार संग्रह गर्न तथा संग्रहित समाचार पढ्न सक्नुहुनेछ ।

नेपाली प्रोफाइलमा आफ्ना लेख प्रकाशित गर्न सक्नुहुनेछ ।

तपाईंको रुची अनुसारको समाचार पढ्न सक्नुहुनेछ ।