इंग्ल्याण्डविरुद्ध पाँच टेस्ट श्रृंखला ४–१ ले गुमाए पनि यसकारण चर्चामा छन् विराट कोहली

इंग्ल्याण्डविरुद्ध पाँच टेस्ट श्रृंखला ४–१ ले गुमाए पनि यसकारण चर्चामा छन् विराट कोहली

एजेन्सी । इंग्ल्याण्डविरुद्ध पाँच टेस्ट श्रृंखला ४–१ ले गुमाए पनि भारतीय कप्तान विराट कोहलीको चर्चा उत्तिकै छ । आईसीसीको टेस्ट क्रिकेटको ब्याट्सम्यानमा कोहली शीर्ष स्थानमा यथावत रहेसँगै इंग्ल्याण्डविरुद्ध ५९।३० ओ औसतमा कोहलले ५९३ रन बनाएका थिए । सिरीज सुरु हुनु पूर्व विराट दोस्रो स्थानका स्टीव स्मिथभन्दा २७ अंकले अगाडि थिए भने अहिले उनी जम्मा १ अंकले मात्रै अगाडि छन् ।

अब वेस्ट इण्डिज विरुद्धको टेस्टमा कोहलीले उत्कृष्ट पारी नखेले शीर्ष स्थान गुम्ने खतरा भने रहेका बेला ओलीले कस्तो प्रर्दशन गर्लान् त्यो भने हेर्न बाँकी नै छ । तर हालको अवस्थामा अहिले कोहलीले ९३० अंक जोड्दा स्मिथको ९२९ अंक छ । यसैगरी अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका एलेस्टर कुक टेस्ट वरियताको दशौं नम्बरमा रहेका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

नेपाली प्रोफाइलमा खाता किन?

समाचार संग्रह गर्न तथा संग्रहित समाचार पढ्न सक्नुहुनेछ ।

नेपाली प्रोफाइलमा आफ्ना लेख प्रकाशित गर्न सक्नुहुनेछ ।

तपाईंको रुची अनुसारको समाचार पढ्न सक्नुहुनेछ ।