रजनीकान्त र अक्षय कुमार अभिनित फिल्म २.०’को टिजरमा अक्षयलाई यस्तो देखियो (भिडियो)

रजनीकान्त र अक्षय कुमार अभिनित फिल्म २.०’को टिजरमा अक्षयलाई यस्तो देखियो (भिडियो)

एजेन्सी-साउथ चलचित्रका बलिउड सुपरस्टार रजनीकान्त अभिनित फिल्म २।०’को टिजर सार्वजनिक भएको छ ।चलचित्रमा साउथका सुपरस्टार रजनीकान्त र बलिउडका चर्चित नायक अक्षय कुमार अभिनित फिल्म  टिजरमा उच्च भीएफएक्सको प्रयोग गरिएको छ । रजनीकान्त, अक्षय र एमी ज्याक्सनसहितको अभिनय रहेको यस फिल्म नोभेम्बर २९ मा रिलिज हुँदैछ । रिलिज हुन लागेको यो फिल्मको टिजरले नै यसप्रतिको उत्सुकता बढाएको छ ।बारम्बार प्रदर्शन मिति सरेको यो चलचित्रको टिजरमा उच्च भीएफएक्सको प्रयोग गरिएको छ । शंकरको निर्देशनमा तयार भएको यो चलचित्रमा एआर रहमानको संगीत छ । यो चलचित्रको टिजरमा अक्षयलाई खलपात्र र रजनीलाई नायकको रुपमा प्रस्तुत गरिएको छ ।

Facebook Comments