प्रधानमन्त्रीलाई भेटेर निर्मलाकी आमाले आशुं झार्दै भनिन् ‘निर्मलालाई न्याय दिनुस्’

प्रधानमन्त्रीलाई भेटेर निर्मलाकी आमाले आशुं झार्दै भनिन् ‘निर्मलालाई न्याय दिनुस्’

काठमाडौं, १ असोज । छोरीलाई न्याय दिलाउन भन्दै कञ्चनपुरवाट काठमाडौं आइपुगेका निर्मला पन्तका आमाबुवाले सोमवार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । उनीहरुले प्रधानमन्त्री ओलीले भेट नदिएको भन्दै गुनासो गरेका थिए ।

पन्त दम्पत्तीसंगको भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि हालतमा निर्मला हत्याकाण्डका अपरधीले उन्मुक्ति नपाउने प्रतिवद्धता जनाएका छन् ।
सोमवार बालुवाटार पुगेका निर्मालाका आमाबुवा दूर्गादेवी र यज्ञराज पन्तसंगको भेटमा प्रधानमन्त्री ओलीले ढुक्क भएर घर फर्कन आग्रह समेत गरेका छन् ।

निर्मलाका आमाबुवासंग प्रधानमन्त्रीलाई भेट्न कञ्चनपुरका सांसद, अधिकारकर्मी समेत पुगेका थिए । उनीहरुसँग प्रधानमन्त्री ओलीले निर्मला हत्याकाण्डका अपराधीलाई कुनै पनि हालतमा सजाय दिइने प्रतिवद्धता जनाएका हुन् । प्रधानमन्त्रीलाई भेटेपछि निर्मलाका आमा बुवा निकै भावुक भएका थिए । उनीहरुले लामो समय सम्म पनि छोरीको हत्यारा पत्ता नलागेको भन्दै हत्यारा पत्ता लगाउन गम्भीर हुन प्रधानमन्त्रीलाई आग्रह गरे ।

‘यो हरेक नेपाली चेलीको समस्या हो,’ निर्मलाकी आमाले भावुक हुँदै भनिन्, ‘यसको जडसम्म पुगेर कारवाही हुनुपर्छ ।’ निर्मलाकी आमाको यस्तो कुरा सुनेपछि प्रधानमन्त्री ओलीले अब कुनै पनि हालतमा अपराधीले उन्मुक्ति नपाउने बताए । उनले भने, ‘अपराधी जसरी पनि पत्ता लाग्छन्, अब तपाईहरू घर जानुस्, हामी अपराधीलाई पक्राउ गर्छौं ।’

प्रधानमन्त्री ओलीले अनुसन्धान प्रकृयामा ढिलाई भएको भने स्वीकार गरे । उनले अनुसनधान जारी रहेकाले ढिलै भएपनि अपराधि पक्राउ पर्ने र सजाय हुनेमा ढुक्क हुन निर्मलाका आमाबुवालाई आग्रह गरे । प्रधानमन्त्रीले आफु पनि सो घटनामा संवेदनशिल रहेको भन्दै गृहमन्त्रीलाई आवश्यक निर्देशन दिइसकेको बताए । उनले आफु पनि अपराधी पक्राउ पर्नेमा आफू विश्वस्त रहेको बताए । प्रधानमन्त्रीसँगको भेटमा निर्मलाका आमाबुवा, कञ्चनपुरबाट प्रतिनिधित्व गर्ने सत्तापक्ष र प्रतिपक्षका सांसदको उपस्थिति रहेको अधिकारकर्मी माया नेगीले बताइन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

नेपाली प्रोफाइलमा खाता किन?

समाचार संग्रह गर्न तथा संग्रहित समाचार पढ्न सक्नुहुनेछ ।

नेपाली प्रोफाइलमा आफ्ना लेख प्रकाशित गर्न सक्नुहुनेछ ।

तपाईंको रुची अनुसारको समाचार पढ्न सक्नुहुनेछ ।