कुबेतमा गएकी नेपाली महिला कामदारको स्पोन्सरको छोराद्वारा छुरी प्रहार गरी हत्या , संपर्कमा आउन परिवारलाई दुताबासको आग्रह

सुनौलो भबिष्य खोज्न घरेलु महिला कामदारको रुपमा रोजगारीका लागि कुवेतमा आएकी एक महिलाको कुवेती स्पोन्सर९साहु०को छोराले छुरी प्रहार गरी हत्या गरेका छन।उक्त सुनसरीकी ४५ बर्षिय पेसल माया राइको शुक्रबारका दिन आफुले काम गर्ने साहुकै छोराले छुरा प्रहार गरी हत्या गरेका हुन् । मृतक पेसल माया राइ बिस २०७० भदौ ४ गते ब्यक्तिगत भिसामा कुवेतका लागि घरेलु महिला कामदारका निमित श्रम स्विकृति लिएर कुवेत आएकी थिइन । राहदानी नं(०६५५६१९६ र नेपाली नागरिकता नंस्(२४८०९सुनसरी० रहेकी पेसल माया राइको ३(अगस्ट(२०१८, शुक्रबारका दिन आफुले काम गर्ने साहुकै छोराले छुरा प्रहार गरी हत्या भएकोमा उक्त छुरा प्रहार गने कुवेती नागरिक जेलमा रहेको र घट्नाको थप अनुसन्धान भईरहेको बताइएको छ।

उक्त ”मृतकको आफन्त र घर परिवारसंग संपर्क हुन नसक्दा शब पठाउन र अन्य कानुनी प्रकृया शुरु गर्न नसकिएको नेपाली दुताबास कुवेतका दितिय सचिब ज्ञान बहादुर मगरले बताएका छन् । राहदानी जारी मिती २७(जुन, २०१३९सुनसरी० र जन्म मिती १९७३ नोभेम्बेर(१२ रहेकी पेसल माया राइलाई चिन्नु हुनेले उनको परिवार वा आफन्तहरु सम्म यो सुचना प्रबाह गरिदिन अनुरोध गर्दै नेपाली दुताबास कुवेतको हटलाइन नं(००९६५( ९८८६९१२१ मा सम्पर्क गरिदिनु हुन नेपाली दुताबास कुवेतले आग्रह गरेको छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

नेपाली प्रोफाइलमा खाता किन?

समाचार संग्रह गर्न तथा संग्रहित समाचार पढ्न सक्नुहुनेछ ।

नेपाली प्रोफाइलमा आफ्ना लेख प्रकाशित गर्न सक्नुहुनेछ ।

तपाईंको रुची अनुसारको समाचार पढ्न सक्नुहुनेछ ।

%d bloggers like this: