नियम कानुन पालना नगरेको अभियोगमा मलेसियाको एक फ्याक्ट्रीबाट ४७ जना नेपाली पक्राउ

मलेसिया । मलेसियाको नियम तोडेको भन्दै मलेसियाको एक फ्याक्ट्रीबाट ४७ जना नेपाली युवाहरु पक्राउ परेका छन् । फ्यक्ट्रीलाई रेड गरेर इमिग्रेशनका अधिकारीहरुले ४७ जना नेपाली युवाहरुलाई मलेसियामा पालन गर्नुपर्ने नियम कानुन पालना नगरेको अभियोगमा पक्राउ गरेको बताइएको छ । मलेसियामा टेम्पररी फोरन वर्कर पर्मिट भिषा क्याटगरीमा बस्दै आएका नेपाली युवाहरु पक्राउ परेका बताइएको छ । समाचारका अनुसार विदेशी कामदारले मलेसियामा पालन गर्नुपर्ने नियम कानुन पालना कम्पनीका मालिक र कारिन्दाले नगरेको पाइएकोले ती नेपाली कामदारहरुलाई पक्राउ गर्नुपरेको बताइएको छ ।

मलेसियाको नियम अनुसार वर्र्क परमीट कागजमा उल्लेख गरेको ठेगाना तथा कम्पनी परिवर्तन गर्न पाईदैन’ ।एउटा कम्पनीका लागि नेपालबाट गएका युवाहरु अर्कै कम्पनी र स्थानमा काम गरेको पाइएको थियो । मलेसियाको नियम तोडेको भन्दै मलेसियामा पक्राउ पर्नेमा ४७ जना नेपालीका साथै ५५ जना बङ्गलादेशी पुरुष तथा ३६ जना महिला र १७२ जना इन्डोनेशियन महिला तथा २५ जना पुरुष र तीन जना महिलाहरु म्यानमारका गरी जम्मा ३३८ जना रहेका छन्

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

नेपाली प्रोफाइलमा खाता किन?

समाचार संग्रह गर्न तथा संग्रहित समाचार पढ्न सक्नुहुनेछ ।

नेपाली प्रोफाइलमा आफ्ना लेख प्रकाशित गर्न सक्नुहुनेछ ।

तपाईंको रुची अनुसारको समाचार पढ्न सक्नुहुनेछ ।

%d bloggers like this: