निर्मला काण्डमा खटिएकी दुर्गाले गरिन यस्तो चमत्कार ! दाङ हल्लाएकी एसपी दुर्गाले कञ्चनपुर पनि यसरी हल्लाईन ( हेर्नुहोस् भिडियो )

निर्मला काण्डमा खटिएकी दुर्गाले गरिन यस्तो चमत्कार ! दाङ हल्लाएकी एसपी दुर्गाले कञ्चनपुर पनि यसरी हल्लाईन ( हेर्नुहोस् भिडियो )

यो भिडियो र फोटो हामीले युटुबबाट लिएका हौ,हेडलाईन अनुसारको समाचार भिडियोमा हेर्नुहोला

काठमाडौं । कञ्चनपुरमा १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा आम नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउने राज्यको अंग प्रहरी आफैं विवादमा तानिएको छ । प्रश्न के उठेको छ भने प्रहरीले अहिलेसम्म के गर्‍यो ?

‘मानसिक सन्तुलन’ गुमाएका व्यक्ति दिलिपसिंह विष्टलाई मुख्य अभियुक्त बनाएर पर्दा पछाडिका ‘भीआईपी हत्यारा’ लाई जोगाउने चक्करमा अनुुसन्धान घुमेको स्थानीयको दाबी थियो । जसलाई बल पुर्‍याउने गरी डीएनए रिपोर्ट पनि आइसकेको छ । र, विष्ट साधारण तारेखमा छुटिसकेका छन् ।

विष्टको डीएनए बलात्कृत बालिका पन्तको ‘भेजिनल स्वाव’ बाट निकालिएको शुक्रकीटसँग मेल नखाएपछि उनलाई छाडिएको बताइएको छ ।

प्रकरणको अनुसन्धानको लागि संगठित अपराध अनुसन्धानको लागि मुलुककै मुख्य निकाय केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली पनि खटिएको थियो । यद्यपि, परिणामले उसकै अनुसन्धानमाथि पनि प्रश्न उठाएको छ । प्रहरीले नियतवश गलत व्यक्तिहरुलाई उठाएर अनुसन्धानका नाममा यातना दिएको पनि दाबी गरिएका छन् ।

आखिर वास्तविकता के हो ? घटनाको अनुसन्धान कसरी भएको थियो ? अनुसन्धानका क्रममा केके भए ? विष्टलाई प्रहरीले मुख्य अभियुक्तको रुपमा किन खडा गर्‍यो ? यी विषय अहिलेसम्म सार्वजनिक भएका छैनन् ।

निर्मलाको बलात्कार र हत्याबारे अनुसन्धान गर्ने क्रमका प्रहरीले गरेका अन्तरकुन्तरका गतिविधिलाई अनलाइनखबरले खोतल्ने प्रयास गर्दा यस्ता तथ्यहरु फेला परे–

एकातिर आन्दोेलन, अर्कातिर अनुसन्धान

घटनाको प्रारम्भिक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरबाट सुरुमा १२ जना अधिकारी खटिएका थिए । दुई दिनपछि अनुसन्धानका लागि सीआईबीको जघन्य अपराध पिल्लरका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) अंगुर जिसीको नेतृत्वमा ३ जनाको टोली पनि कञ्चनपुर पुग्यो ।

तर, त्यहाँ पन्त हत्या प्रकरणलाई लिएर आन्दोलन चर्किसकेको थियो । प्रहरी टोलीलाई एकातिर डांग्री लगाएर आन्दोलनमा जानुपर्ने बाध्यता थियो भने अर्कातिर निर्मलाका हत्यारा खोज्नुपर्ने दायित्व ।

यी दुई जिम्मेवारीबीच प्रहरीले विभिन्न व्यक्तिलाई कार्यालयमा ल्याएर कागज गराउँदै छाड्दै गरिरहेको थियो । त्यस क्रममा १ सय जनालाई कागज गराएर छाडिएको थियो भने करिब ४ सय जनालार्इ सोधपुछपछि रिहा गरेको कञ्चनपुर प्रहरी स्रोत बताउँछ ।

प्रिअकुुपाइड टार्गेट– बम दिदीबहिनी !

स्थानीयको आन्दोलनले बम दिदीबहिनीलाई पक्राउ गर्न माग गरिरहेको थियो, जुन अनुसन्धान अधिकारीलाई नागरिकले दिएको ‘प्रिअकुपाइड टार्गेट’ थियो ।

‘त्यो टार्गेट वास्तवमा सही पनि थियो, किनकि निर्मलाको हत्या हुनुअघि उनी अन्तिम पटक बम दिदीबहिनीकै घर गएकी थिइन्’, एक अनुसन्धान अधिकारी भन्छन्, ‘घटनास्थलको विश्लेषणपछि हामीले बम दिदीबहिनीको पाटोलाई केलाएका थियौं ।’

प्रहरीले बम दिदीबहिनीले प्रयोग गरेको मोबाइललाई विश्लेषण गर्‍यो । उनीहरुका सेटमा ३ वटा सीम कार्ड प्रयोग भएको देखिएको थियो । एउटा अनएक्टिभ (निश्क्रिय) थियो । ती सबै सीमको कल डिटेल रेकर्ड (सीडीआर) निकाल्ने काम प्रहरीले गर्‍यो ।

कलवाइज लोकेसनदेखि एसएमएससम्म प्रहरीले परीक्षण गर्‍यो । बबिताको पासवर्ड मागेर फेसबुक हेर्‍यो । त्यति मात्र होइन, मोबाइलबाट केही डिलिट भएको छ कि भनेर प्रहरीको डिजिटल फरेन्सिक ल्याबमा लगेर भाइबर, म्यासेन्जर लगायतबाट डिलिट भएका डाटालाई पनि एक्टिभ गरियो ।

तर, शंकास्पद केही भेटिएन । प्रहरीले बम दिदी बहिनीको पोलिग्राफ परीक्षण पनि गर्‍यो । त्यसबाट पनि कुनै फाइदा भएन ।

‘जति पनि टेक्निकल्ली हेर्‍यौं, उनीहरुको लिंक काहीँ पनि भेटिएन’, अनुसन्धान अधिकारी भन्छन्, ‘साइकल भेटिएपछि लास पनि त्यहीँ होला भनेर बबिताले एकजना महिलालाई भनेको सुनेपछि हामीले केही न केही त छ कि भनेर आशंका गरेका हौं । तर, त्यसलाई पुष्टि गर्ने आधार भेटिएन ।’

प्रहरी प्रधान कार्यालयले एसपी कुवेर कडायतलाई कञ्चनपुर पठाएपछि पनि बम दिदी बहिनी पक्राउ त परे । तर, प्रमाणको अभावमा फेरि उनीहरु छुट्न सफल भए ।

बाटोमा जसलाई भेट्यो, त्यहीमाथि शंका !

आन्दोलन चर्किरहेकै थियो तर, प्रहरीले घटनामा संलग्नको गतिलो सुराक फेला पार्न सकिरहेको थिएन । प्रहरीलाई आशंका थियो, ‘कतै घटनामा संलग्न पनि आन्दोलनमा उत्रिसके कि ?’

यद्यपि, प्रहरीमाथि हत्यारा चाँडो पत्ता लगाउनुपर्ने नागरिक दबाव बढ्दै गयो । दबावै दबावबीच केही जुनियर अनुसन्धान अधिकारीहरु घटनास्थल आसपास रेकी गरिरहेका थिए ।

घटनास्थल नजिक बाटोमा जो भेटिए पनि यही पो हत्यारा हो कि भनेर उनीहरुले शंका गरिहाल्थे । त्यसुपछि ‘हाकिम सा’ब ल्याउँ’ भन्दै फोन गरेर सोध्थे र उठाएर प्रहरी कार्यालयमा ल्याइहाल्थे ।

साइकल उत्तानो थियो कि घोप्टो ?

सर्च अभियानकै क्रममा भेटिए– निर्मला पन्तको साइकल देख्ने व्यक्ति । निर्मलाको शव भेटिएको अघिल्लो दिन अपरान्ह ४ बजे नै घना भण्डारीका भतिजा ६ वर्षीय बालक सन्दीपले एउटा साइकल देखे । उनले आमालाई सुनाए । सन्दीपले आमा र ठूलीआमासँग घाँस काट्न त्यहाँ आएका बेला साइकल देखेका थिए ।

तर, आमाले ‘कसैले फालेको होला’ भन्ने जवाफ दिइन् । रुखबाट सेउला काटिरहेका बेला त्यसको ठीक तल साइकल लडिरहेको देखिएको थियो । साइकल देख्नेहरुलाई बालिका हराएको थाहा थिएन । किनकि, उनीहरु अर्को गाउँबाट त्यहाँ घाँस काट्न आएका थिए ।

भोलिपल्ट बिहानै सहकारीमा महिलाहरु बैठकका लागि भेला भए । त्यहाँ निर्मला हराएको बारे कुरा चल्यो । ‘हिजो गोलकप्पे दिदीको छोरी हराएकी छे । साइकल लिएर बमको घरमा गएकी, फर्किएर आउँदै आइन’, महिलाहरुले यसो भनेको सुनेपछि सन्दीपकी आमाले साइकल देखेको अघिल्लो दिनको कुरा सुनाइन् ।

त्यसपछि सबैजना बैठक बस्न छाडेर साइकल भएतिर लागे । त्यहाँ पुग्दा एकजना बोल्न नसक्ने व्यक्तिले साइकल पुछ्दै गरेको भेटियो । महिलाहरुले त्यो साइकल कहाँबाट ल्याएको भनेर सोधपुछ गरे ।

यहाँबाट मान्छे पनि हराएको छ भनेपछि उसले साइकल त्यहीँ छोड्यो । त्यहाँ केहीवेरमा अरु केटाहरु पनि आए । त्यसको एक/दुई घण्टापछि उखुबारीमा पन्तको शव भेटियो ।

पछि अनुसन्धानका क्रममा साइकल उठाउने त्यो बोली नआउने युवकलाई लिएर घटनास्थलसम्म प्रहरी पुग्यो । साइकल कस्तो पोजिसनमा थियो भन्नेबारे प्रहरीले सोधपुछ गर्‍यो ।

‘साइकल जस्तो पोजिसनमा थियो, त्यसरी नै राखिदिनुस् भनेका थियौं’, एक जुनियर प्रहरी अधिकारी भन्छन्, ‘उसले साइकल उत्तानो पारेर राखिदियो । खोलामा लगेर पाङग्रामाथि फर्काएर ।’

तर, सुरुमा देख्ने बच्चा सन्दीपलाई सोध्दा भने उनले पानीमा ह्याण्डल र सिटमात्रै देखेको भने । ठूलीआमाले पनि त्यही भनिन् । तर, ती बोल्न नसक्ने व्यक्तिले भनेको कुरासँग बच्चाको कुरा मेल नखाएपछि अनुसन्धान अधिकारीहरु दोधारमा परे ।

अनुसन्धान गर्दै जाने क्रममा १५/१६ दिनपछि अर्की एकजना महिला भेटिइन् । कृष्णा केसी भन्ने नी महिलाले पनि त्यो साइकल देखेकी रहिछन् र केटाहरुलाई भनेकी रहिछन् (ती केटाहरुसँग सहकारीका महिला साइकल भए ठाउँ पुग्दा जम्काभेट भएको थियो) ।

उनलाई साइकलको बारेमा सोध्दा ठाडो(घोप्टो) थियो भनेपछि प्रहरी त्यही निष्कर्षमा पुग्यो । पानीबाट माथि निकालेको ठाउँमा साइकलमा चप्पल पनि थियो । तर, एउटा मात्रै ।

प्रहरीहरु अलमलमा परे– यस्तो कसरी हुन्छ ? कि त निर्मला साइकल राखेर कतै गएको हुनुपर्‍यो । वा, खोला तर्ने बेलामा चप्पल फुकालेर तरेको हुन सक्ने अनुमान अनुसन्धान अधिकारीले लगाए । नत्र माथिबाट कसैले साइकल फालिदियो भने त साइकल जुनसुकै पोजिसनमा पनि लड्नुपथ्र्यो, साइक रोकिएको जस्तो स्थितिमा हुँदैनथ्यो भन्ने प्रहरीको निष्कर्ष थियो ।

साइकल फालिसकेर तल गएर पनि मिलाएरै राखिदिनुपर्छ भनेर अपराधीले ‘प्लान’ गर्न दिउँसोको अवस्थामा नसक्ने प्रहरीको विश्लेषण छ ।

साइकलमाथि केन्द्रित भइरहँदा निर्मलाको बलात्कार र हत्यामा चिनेकै मान्छे संलग्न छन् कि भन्ने प्रहरीको आशंका थियो ।

मिडियाबाट मिलेको ‘क्लु’

प्रहरीले एउटा निजी टेलिभिजनमा काम गर्ने पत्रकार युवतीले भनेको सुन्यो– ‘त्यो ठाउँमा हिँड्न हामीलाई डर लाग्थ्यो । म पटक–पटक परेकी छु । त्यहाँ एउटा मान्छेले एक्लै केटी देख्नेवित्तिकै तलको कपडा सट्ट खोलेर गुप्ताङ्ग देखाइदिन्थ्यो । अनि आउ–आउ भनेर समात्न खोज्थ्यो ।’

त्यसपछि प्रहरीले ती पत्रकारसँग भेट गरेर सोधपुछ गर्‍यो । तर, उनले ती व्यक्तिको अनुहार नचिन्ने बताइन् । उसको नजिक नपरी भागिहाल्ने गरेको उनले प्रहरीलाई सुनाइन् ।

अन्य १५/१६ जना मान्छे पनि सोही प्रकृतिको वयान दिनेहरु भेटिए । त्यसो भएपछि प्रहरीले त्यहाँ बसेर गाँजा खाने, ड्रग लिने लगायतका मान्छेहरु खोज्न थाल्यो । टेलिभिजन पत्रकारको वयानले प्रहरी अनुसन्धानलाई अपरिचित एवं शंकास्पद मान्छे खोज्नतिर थप सोझ्यायो ।

निर्मलाकी आमाको मोबाइल स्क्रिनिङबाट भेटिइन् हेमन्ती

अनुसन्धान अधिकारीले निर्मलाकी आमा दुर्गादेवीको मोबाइल पनि स्क्रिनिङ गरेका थिए । घटनालाई हरेक एंगलबाट प्रहरीले हेरिरहेका थियो ।

त्यसक्रममा निर्मलाकी आमाको मोबाइलमा भेटिएको हेमन्ती भट्टको एउटा म्यासेजलाई प्रहरीले शंकाको घेरामा राख्यो । त्यसलाई भेरिफाइ गर्नुपर्ने प्रहरीलाई लाग्यो । निर्मलाकी दिदी मनिषालाई त्यस्तो एसएमएस र फोन गर्ने गरेको पाइएको थियो ।

म्यासेजमा लेखिएको थियो, ‘निर्मला भोलि आउँछे । भोलि कल गर्नुस् । आज छैन ।’ त्यो म्यासेज गरेको समय घटना भएको समयसँग मिल्दोजुल्दो थियो । त्यसबाट प्रहरीलाई थप शंका उत्पन्न भयो ।

अर्को म्यासेजमा थियो, ‘मेरो ब्वाइफ्रेन्ड भइसक्यो, तिम्लाई मभन्दा राम्री अर्की मिलाइदिउँला ।’ यसले झनै शंका बढायो ।

त्यसपछि प्रहरीले हेमन्तीलाई बोलायो र सोधपुछ गर्‍यो । लोकेशन हेर्दा त्यो दिन बिहान साढे १० बजे उनी निर्मलाको घर पनि गएको देखियो । उनको मोबाइल घटनास्थलको बीटीएस टावरमा पनि देखिएको थियो । त्यसपछि केही न केही होला भन्ने प्रहरीलाई आशंका भयो ।

तर, लामो सोधपुछपछि खुल्यो, ‘उसले म्यासेजमा निर्मला भनेकी युवती निर्मला पन्त नभएर निर्मला धामी रहिछन् ।’

बबिताका ब्याइफ्रेण्ड !

प्रहरीले बम दिदी बहिनीमाथि सुरुदेखि नै शंका गरेको थियो । त्यसक्रममा उनीहरुमाथि विभिन्न तरिकाले अनुसन्धान गरियो ।

अनुसन्धानका क्रममा दिदी बबिताको कक्षा १० मै पढ्दा नै लभ ‘म्यारिज’ भएको खुलेको छ । उनीहरुलाई प्रारम्भमा छुटाइएको भए पनि पछि भागेर विवाह गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो ।

यद्यपि, त्यो सम्बन्ध लामो समयसम्म टिकेन । उनकै साथी मध्ये पनि कतिपयलाई बबिताको पहिल्यै विवाह भएको थाहा थिएन ।

पछिल्लो समय भने उनी अर्कै एक युवकसँग अफेयरमा थिइन् । त्यसैले पनि उनको अरुसँग सम्बन्ध नभएको निष्कर्षमा प्रहरी पुगिसकेको छ ।

‘क्राइम सीन’ नजिकै भेटिए चक्र बडू

प्रहरीलाई एकजना महिलाले दिउँसो २ बजेतिर त्यो स्थानमा सेतो मोबाइल बोकेर उभिरहेको मान्छे देखेको थिएँ भनेर सूचना दिइन् ।

एक दिन घटनास्थलबाट फर्किने क्रममा सीआईबीका एक अधिकारीले त्यहाँ ठ्याक्कै सेतो मोबाइल लिएर उभिरहेका एक व्यक्तिलाई भेट्टाए ।

उनले सामान्य कुराकानी र सोधपुछ गरे । त्यसपछि खुल्यो-उनी घटनास्थलबाट सबैभन्दा नजिकको घरका व्यक्ति रहेछन् । उसको पृष्ठभूमि चाहिँ प्रहरीकै एकजना सिपाहीका भाइ रहेछन् । र, उनको नाम रहेछ–चक्र बडू ।

भाइ अफिस आउँ है भनेर प्रहरीले उनलाई कार्यालयमा बोलाए । पहिलोचोटि सामान्य सोधपुछ गरेर छाडियो । अर्को दिन घरमा रहेकी बहिनी र श्रीमतीलाई पनि लिएर आउन भनियो ।

उनीहरु तीनै जनालाई छुट्टाछुट्टै राखेर रोधपुछ गर्दा शंका गर्ने ठाउँ भेटियो । बडूकी श्रीमतीले दिउँसो एक बजेतिर बुढाको मोबाइलमा हिन्दी फिल्म हेरेको र त्यसपछि निदाएको अनि बुढाले ४ बजेतिर उठाएको वयान दिइन् ।

तर, चक्रले भने अंग्रेजी फिल्म हेरेको बताए । बूढाबूढीको कुरो मिलेन । तेस्रो व्यक्तिले चाहिँ भाउजूले आफूलाई लिएर माइत गएको बताए । यसबाट झन् आशंका पैदा भयो । बच्चाले भनेको कुरा अरुले भनेनन् ।

अनुसन्धानमा खटिएका एक प्रहरी भन्छन्– ‘हामीलाई चाहिँ त्यही घरमा घटना भएको थियो र बच्चाले थाहा नपाओस् भनेर पो उसलाई मावल लगियो कि भन्ने शंका लाग्यो । आखिर हरेक कुरामा शंका गर्ने ठाउँ भेटिँदै थियो ।’

अझ, चक्र बडूकी बहिनी लक्ष्मी बडु निर्मलाकी ‘क्लासमेट’ रहेछिन् । त्यहाँ अर्को शंका पनि थपियो, निर्मला साइकल भएको ठाउँसम्म पुग्दा पानी परेको थियो ।

उनी नोट बचाउन नजिकै रहेको साथीको घरतिर पो गइन् कि ? त्यहाँ लक्ष्मी नभएर दाइ चक्र बडू मात्रै पो थिए कि ? त्यसपछि केही भयो कि ? प्रहरीले चक्रमाथि यसरी शंकाको नजरले हेर्‍यो ।

आखिर अनुसन्धान भनेकै ‘रिजल्ट अफ हाइपोथेसिस’ पनि त हो । प्रहरीले चक्रलाई घटनास्थलमा शव भेटिएका बेला तिमी त्यहाँ हेर्न गयौ कि गएनौ भनेर प्रश्न गर्‍यो । तर, उनले खोला पारि मात्रै गएँ भन्ने जवाफ दिए । र, त्यहाँबाट ट्याक्टरमा हालेको ३ वटा फोटो मोबाइलले खिचेको बडूले प्रहरीलाई बताए ।

आफूले खिचेको फोटो श्रीमतीलाई पनि देखाएको बडूले वयान दिएपछि प्रहरीले उनकी श्रीमतीलाई सोध्यो– तपाईका श्रीमान् घटनास्थलमा जानुभएको थियो ? जवाफमा श्रीमतीले त्यहाँबाट श्रीमानले दुईवटा फोटो खिचेर ल्याएको वयान दिइन् ।

फोटो ट्याक्टरको खिचेको भनिएको थियो । प्रहरीले उनको मोबाइल ल्याबमा पठायो । त्यहाँबाट डिलिट भएको फोटोहरु निकालियो । प्रहरीले साधेपुछ गर्न थालेपछि डिलिट गरिएको फोटो रिकभर गराएर हेर्दा ट्याक्टरको नभएर पानीमा रहेको अर्धनग्न शवकै फोटो खिचिएको रहेछ, त्यो पनि ३ वटा नभएर ९ वटा ।

फेरि सोधपुछका क्रममा चक्रले ती तस्वीर ‘सेयर इट’ बाट लिएको प्रहरीलाई बताए । तर, कोबाट लिएको भन्ने सोर्स बताउन सकेनन् । फोटो पनि डिलिट गरिसकिएको थियो, जुन जरुरी थिएन । यही आधारमा प्रहरीले चक्र बडूमाथि शंका बढायो र थप अनुन्धान गर्‍यो ।

निर्मलाको शव हेर्न सयौं मान्छे आएका ठाउँमा घटनास्थल नजिकै घर भएको व्यक्ति गइनँ भन्दा विश्वास गर्ने आधार पनि थिएन । नगएको भए झनै शंका गर्नुपर्ने हुन्थ्यो । त्यसैले प्रहरीले उनलाई सार्वजनिक मुद्दामा म्याद लिएर राख्यो । अनि डीएनए टेस्टका लागि ब्लड स्याम्पलसमेत लियो ।

‘सिपाहीको भाइ हो भनेर उसमाथि निर्दोष रहेको विश्वास त गर्न सक्थौं तर, भारतमा ४ वर्ष बसेर आएको थियो र त्यहीँ बस्दा केटी भगाएर (भागी बिहे गरेर) ल्याएको थियो’, अनुसन्धानमा संलग्न प्रहरी भन्छन्, ‘उनकी श्रीमती ३ महिनाकी गर्भवती थिइन् । शायद उसलाई पनि ‘डिजायर’ भइरहेको थियो र घटना भयो कि भन्ने हामीलाई शंका भयो । आखिर बलात्कार जस्तो अपराध ‘प्रिप्लान्ड’ नभई हठात् हुने गर्छ ।’

चक्रको मोबाइलमा कतै निर्मलाको जीवित फोटो त छैन ? त्यसो भए घटनाबारे सबै खुल्ने प्रहरीको विश्वास थियो । तर, ९ वटा फोटो भेटिए पनि जीवित फोटो भेटिएन ।

चक्रले कतिवटा फोटो खिचेको थियो भनेर सोध्दा सही जवाफ दिन सकेनन् । डीएनएको रिपोर्ट त आउँथ्यो नै तर, त्यसअघि साबिती बयान लिन पाइएला कि भन्ने ठानेर प्रहरीले केरकार गरेको थियो ।

तर, चक्र बडूले घटना स्वीकारेनन् । उनले अपराध गरेको भन्ने कुनै प्रमाण पनि पाइएनन् । डीएनएको रिपोर्टले पनि प्रहरीको शंकालाई साथ थिएन ।

‘र्‍यान्डमली’ भेटिएका दिलिपसिंह बिष्ट

चक्र बडूपछि भेटिए मुख्य अभियुक्तका रुपमा सार्वजनिक गरिएका दिलिपसिंह विष्ट । उनी चाहिँ कुनै घटनाक्रमसँग जोडिएर नियमित अनुसन्धान प्रक्रियामा तानिएको नभई ‘र्‍यान्डम्ली’ फेला परेको प्रहरीको भनाइ छ ।

प्रहरीले विभिन्न अपराधमा जेल परेर छुटेका व्यक्तिहरुको ‘एनालाइसिस’ गरिरहेको थियो । कुटपिट र लागूऔषधमा परेका जेल परेका अपराधीहरुलाई पनि प्रहरीले केलाइरहेको थियो ।

त्यसक्रममा प्रहरीले पहिल्यै करिब ४० जनालाई समातेर भेरिफाईपछि छाडेको थियो । लामो समय बितिसक्दा पनि अभियुक्त नभेटिएपछि प्रहरीमाथि जनदबाव बढ्दै थियो ।

अनुसन्धानमा खटिएका प्रहरीहरुको पनि आफ्नै दुःख थिए । आन्दोलनको प्रतिरोधमा खटिनै परेको थियो, अनुसन्धान पनि गर्नैपर्ने थियो ।

बिहानै अनुसन्धान अधिकारीले एक दर्जन प्रहरीको टिमलाई दिनभरिको ‘टाक्स’ दिन्थे भने बेलुका समीक्षा हुन्थ्यो । टेक्नोलोजीबाट उपाय ननिस्किने भएपछि सूचनाबाट मात्रै अपराधी पत्ता लाग्न सक्ने स्थिति बनिरहेको थियो ।

आन्दोलनको दबाव बढ्दै गएपछि अनुसन्धान अधिकारीले आफ्नो टीमका १४ जना प्रहरीलाई भेला पारेर कडा कासन दिए– ‘तिमीहरुको यो तरिका ठीक भएन, अफिस आएजसरी १० बजे आउने, बेलुका फर्कने तरिकाले हुँदैन, यो ठूलो घटना हो, रात बिरात नसुतिकन भए पनि हत्यारा खोज्न हिँड्नुपर्छ ।’

यही क्रममा एक रात दुईजना प्रहरी घटनास्थलतिर गएका थिए । घटनास्थल भन्दा ४० मिटर वर दिलिपसिंह बिष्ट लौरो बोकेर उभिरहेको अवस्थामा भेटिए । मोटरसाइकलको उज्यालो देखेर भाग्न खोजपछि प्रहरीले उनलाई समाते ।

प्रहरीले लाइट बालेर मोटरसाइलमा गएका बेला ठोक्काइदेला भनेर पनि भागेको हुन सक्ने सम्भावना थियो । तर, त्यतिबेला ‘घटनाबारे सबै भन्छु हजुर’ भनेर उसले भनेको प्रहरीको दाबी छ ।

सोधपुछका क्रममा विष्टले घटनास्थलमा लौरो फालेको प्रहरीलाई बताए । त्यहाँ गएर हेर्दा लौरो भेटियो । घटनास्थलको स्थिति पनि उनको वयानलाई सहयोग गर्‍यो ।

मध्यराति १२ बजेतिर सिनियर अनुसन्धान अधिकारीलाई जुनियर प्रहरीको फोन आयो– एकजनाले हत्या गरेको स्वीकारे । राति १२ बजे अनुसन्धान अधिकारी ओछ्यानबाट उटेर प्रहरी कार्यालयमा आए ।

सीआईबी टोलीका एक प्रहरी भन्छन्, ‘त्यत्रो मान्छे उठाएर ल्याउँदा केही पत्ता लागेन । तर, र्‍यान्डम्ली समातेको मान्छेले भन्यो भन्दा त अचम्म लाग्ने नै भयो, त्यसपछि म राति नै उठेर गएँ ।’

सोधपुछ गर्दा विष्टले निर्मलाको सुरुवालको गोजीबाट ‘२० रुपैयाँ’ भेटेको र त्यो निकालेर चुरोट किनेर खाएको उनले वयान दिएको प्रहरीको भनाइ छ ।

‘त्यो २० रुपैयाँको कुरा जुनियर अफिसरलाई थाहा थिएन । ‘इन्टरभ्यू लिने काम हामीले मात्र गरिरहेका हुन्थ्यौं’, ती अधिकारीले भने, ‘त्यसपछि झनै उनीमाथि शंका बढ्यो ।’

रोशनी बमले निर्मलालाई घरमा आउँदा २० रुपैयाँ पानीपुरीको उधारो तिर्छु भनेकी थिइन् । उनले निर्मलालाई तिरेको पनि बताएकी थिइन् ।

प्रहरीले विष्टको बयानको रेकर्ड लियो, जहाँ उनले आफूले हत्या गरेको स्वीकारेका छन् । बलात्कार गरेको पनि स्वीकार गरेका छन् ।

‘त्यसबेला उनले घटनाको सम्पूर्ण विवरण सररर भनेको थियो । पागलजस्तो लाग्ने कुनै कुरा थिएन । सबै कुरा मज्जाले जवाफ दिएको थियो’, ती अधिकारीले थपे, ‘मैले अरुलाई बाहिर पठाएर एक्लै पनि सोधेँ । उसले त्यही कुरा गर्‍यो ।’

‘जे हुनु भइगयो, एकपटकलाई बचाइदिनुस् सर भन्छ र मेरो खुट्टा समाउँछ’, उनले थपे, ‘ठीक छ बचाइदिउँला तर, घटनामा अरु को–को थिए कसरी गरिस् भन् भन्दा विष्टले सबै कुरा बतायो ।’

घटनास्थलका बारेमा यत्रो अनुसन्धान गरिरहँदा उसले सबै वस्तुस्थिति डिटेलमा भन्यो’, अनुसन्धानमा संलग्न प्रहरी भन्छन्, ‘त्यसपछि विष्टका बारेमा भेरिफाइ गरौं भन्ने लाग्यो । उसलाई भित्र राख्यौं । भोलिपल्ट इन्स्पेक्टलाई कारागारमा पठायौं र उसको विगतको गतिविधि बुझ्न लगायौं ।’

सीआईबीको टोली विष्टको गाउँमा गयो । र, त्यहाँको पनि भिडियो पनि बनायो । ‘धेरैले भनेका थिए, कहाँ पागल हुनु नि चलाख छ’, ती अधिकारी सम्झन्छन्, ‘उसको घरमा नस्पातीको बोट रहेछ । ग्राहक भएर हामी त्यहाँ गयौं । त्यहाँ सोधपुछ गर्दा भाउजूले सबै नेगेटिभ मात्रै भनिन् उसका बारेमा ।’

‘९ वर्ष जेल बसेर आएँ । तिमीहरु सबैलाई काटेर फेरि जेल बसिदिन्छु भन्छ’, भाउजूले सीआइबीका प्रहरीलाई भनेकी थिइन्, ‘अस्ति एउटी केटीलाई जिस्काएर ढुंगाले हान्दिएछ ।’ यी लगायतका वस्तुगत कुराले विष्टमाथिको आरोप पुष्टि गर्दै लगेको निश्कर्षमा प्रहरी पुग्यो ।

‘अदालतमा म्याद थप्ने बेलामा पनि सजिलो होस् भनेर भिडियो बनाएका थियौं’, प्रहरी अधिकारी भन्छन्, ‘तर, त्यसबेलासम्म उनी पक्राउ परेको सूचना बाहिर चुहियो ।’

विष्टको डीएनए टेस्टका लागि पठाइए पनि रिपोर्ट आउन केही समय लाग्ने थियो । तर, जिल्ला प्रहरी कार्यालय बाहिर पत्रकार र स्थानीयको भिड जम्मा भइसकेको थियो ।

‘पक्राउ परिसकेको भए, को हो देखा भनेर नारा जुलुस सुरु भइसकेको थियो’, कञ्चनपुरका एक प्रहरी अधिकारीले भने, ‘सार्वजनिक गरिहाल्ने तयारी त थिएन । तर, अदालत र सरकारी वकिलकहाँ लाँदा सार्वजनिक हुने नै भयो ।’

डीएनए रिपोर्टसम्म पर्खौं भनेर यत्तिकै छोड्दा बाहिर झन् आन्दोलन चर्किने स्थिति भएपछि प्रेसरमा परेर तत्काल विष्टलाई सार्वजनिक गर्नु परेको प्रहरीको भनाइ छ ।

पत्रकार सम्मेलनमा विष्टको मानसिक स्थितिको बारेमा पनि प्रश्न उठ्यो । प्रहरीले म्याद थपेर मात्रै यसबारे परीक्षण गर्न सकिने बतायो । त्यसका लागि ५/६ दिन लाग्ने प्रहरीको जवाफ थियो ।

‘अब २५ दिनको समयमा २४ दिन बाँकी छ, अब त्यसमा डीएनएदेखि हरेक कुरा हेर्छौं । पछि जे देखिन्छ त्यो गर्छौं भनेका थियौं’, ती अधिकारी भन्छन् ।

तर, साविती वयान लगायतका कुराले विष्टले नै निर्मलाको हत्या गरेको प्रहरीले दाबी गरे पनि डीएनए रिपोर्ट नेगेटिभ आयो । अन्ततः विष्टमाथिको आरोप पुष्टि भएन र उनी साधारण तारेखमा छुट्न सफल भए ।

अब के गर्ने ?

प्रहरीले अबको अनुसन्धान कसरी अघि बढाउला ? यो अझैसम्म अन्योलजस्तै छ । एसपी, एसपीका छोरा र मेयरका भतिजको डीएनएन परीक्षण भइरहे पनि त्यो रिपोर्ट पोजेटिभ आएन भने कोमाथि कसरी शंका गर्ने ? यो प्रश्न निकै जटिल छ ।

हामीले कञ्चनपुरका निलम्बित एसपी डिल्लीराज विष्टलाई सोधेका थियौं, ‘तपाईँलाई चाहिँ यो घटनामा को संलग्न छ जस्तो लाग्छ ? अहिलेसम्मको अनुसन्धानको आधारमा शंकाको सुई कता जान्छ ?’

जवाफमा एसपी विष्टले यसो भने–

‘शंकाको सुई… हेर्नुस् है, हामीले शंकाको शुई पहिल्यैदेखि जिरोदेखि नै घुमायौं । जिरोदेखि नै घुम्दैछ… घुम्दैछ… तर, त्यसपछि एकैठाउँमा पुगेर अड्केको छ । तर, त्यो अड्केको ठाउँदेखि अगाडि जाने ठाउँ अझ पनि छन् । त्यहाँ धेरै ठाउँहरु छन् । जस्तैः उखुबारी पछाडि लागूपदार्थ सेवन गर्नेहरुको अखडा छ । अझ त्यहाँ कोको आउँथे… केके आउँथे… त्यो डिटेल अनुसन्धान हुनै बाँकी छ । त्यहाँ दायाँमा बन्दै गरेको ठाउँमा मिस्त्रीहरु छन् । पेन्टरहरु छन् । लेबरहरु छन् । त्यो हेर्न बाँकी नै होला । र, अन्य पाटो पनि होलान् । वरिपरि अरु मान्छे को को बाँकी छन्, तिनीहरुको पाटो पनि बाँकी नै छ । अनुसन्धान राम्ररी गर्ने हो भने अझै समय लाग्छ ।’ अनलाइनखबर

Facebook Comments