१० वर्षीया श्रेया बिकको बलात्कार पछि ढुंगाले टाउकोमा हानेर हत्या गरेको पुष्टि, १६ घण्टामै हत्यारा पक्राउ

१० वर्षीया श्रेया बिकको बलात्कार पछि ढुंगाले टाउकोमा हानेर हत्या गरेको पुष्टि, १६ घण्टामै हत्यारा पक्राउ

पोखरा २२ पुम्दीभुम्दीको कोदी भन्ने स्थानमा (मंगलबार) सबेरै मृत भेटिएकी १० वर्षीया श्रेया बिक (सुनार)लाई बलात्कारपछि हत्या गरिएको पुष्टी भएको छ ।यससँगै कास्की प्रहरी हत्यारा पक्राउ गर्न सफल भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख, प्रहरी उपरिक्षक ओमबहादु रानाले हत्यामा संलग्नको पहिचान गरी पक्राउ गरिएको पुष्टी गरे ।घटनापछि तत्काल अनुसन्धानमा खटिएको टोलीले घटना सार्वजनिक भएको १६ घण्टामा संलग्नलाई पक्राउ गर्न सफल भएको हो ।सोमबार साँझदेखि हराएकी श्रेया आफन्तले राति सम्म खोजी गर्दा नभेट्टाए पछी मंगलबार बिहान ८ बजेतिर स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । हराएकी श्रेया मंगलबार बिहानै झाडीमा अर्धनग्न अवस्थामा मृत भेटिएकी थिइन् ।

उनको बलात्कार पछि हत्या भएको पोष्टमार्टम रिपोर्टले देखाएको प्रहरीले जनाएको छ ।प्रहरी स्रोतका अनुसार श्रेयाका छिमेकी रहेका कुशुम पौडेलले बलात्कार पछि आफैले हत्या गरेको स्वीकारेका छन् । पौडेल उक्त दिन रक्सी सहित अन्य लागुऔषध सेवन गरेर नसामा थिए ।श्रेयालाई देखेर पौडेलले बोलाएपछि बालिका श्रेया उनको नजिक पुगिन् त्यसपछी पौडेलले १० रुपैयाँ दिए । पैसा पाएपछि खुशी बालिकालाई पौडेलले च्याप्प समाउँदा श्रेया चिच्याइन् । लगत्तै घाँटीमा समातेर झाडिमा फालिदिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

नेपाली प्रोफाइलमा खाता किन?

समाचार संग्रह गर्न तथा संग्रहित समाचार पढ्न सक्नुहुनेछ ।

नेपाली प्रोफाइलमा आफ्ना लेख प्रकाशित गर्न सक्नुहुनेछ ।

तपाईंको रुची अनुसारको समाचार पढ्न सक्नुहुनेछ ।