छक्का पञ्जाको निर्माण टिम बिच झगडा, बाहिरीयो यस्तो भिडियो (भिडियो सहित)

काठमाडौं, १० असोज । चलचित्र छक्का पञ्जा तिन रिलिज डेट नजिक आउँदै छ । घटस्थापनाको दिन फिल्म रिलिज गर्ने भन्दै प्रचार गरीरहेको यो टिमको झगडा गरिरहेको भिडियो बाहिरिउको छ । चलचित्र निर्माण टिमको झगडाको भिडियो बाहिरिए पछि भिडियो हेर्नेहरु छक्क परेका छन् ।

भिडियोमा चलचित्रका मुख्य ३ कलाकार दीपकराज गिरी, जितु नेपाल र केदार घिमिरे एक अर्कासँग झगडा गरिरहेका छन् । जितु र केदारले दिपकलाई आफुहरुको सल्लाह बिना निर्णय लिने भनेर झेको झारेका छन् । यता दिपकले पनि आवश्यक कुरा भनेको र सबै कुरा भन्न आवश्यक नरहेको भन्दै जवाफ दिएका छन् ।

चलचित्र छक्का पञ्जा ३ को जिम्मेवारीका विषयमा एक अर्कामा दोषारोपण गर्दे चर्काचर्की गरेको भिडियो बाहिरीएको हो । जितु र केदारले अफूहरुलाई बेवास्ता गरेर जे काम गर्दा नि एकलौटि व्यवहार गरेको आरोप दीपकराज गिरीलाई लगाएका छन् ।

चलचित्र रिलिजको अन्तिम समयमा आएर निर्माण टिमका मुख्य ब्यक्तिहरु बिचको यस्तो झगडा बाहिरीए पछि सबै छक्क परेका हुन् । तर झगडा किन भयो त ? त्यो कुरा बुझ्न भने यो भिडियो अन्तिम सम्म हेर्नुपर्ने हुन्छ । चलचित्रलाई फरक शैलीले प्रचार गर्नका निम्ति दिपक, दिपा जितु र केदारले उक्त प्रेंक भिडियोको निर्माण गरेका हुन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

नेपाली प्रोफाइलमा खाता किन?

समाचार संग्रह गर्न तथा संग्रहित समाचार पढ्न सक्नुहुनेछ ।

नेपाली प्रोफाइलमा आफ्ना लेख प्रकाशित गर्न सक्नुहुनेछ ।

तपाईंको रुची अनुसारको समाचार पढ्न सक्नुहुनेछ ।