विश्व मञ्चमा सिर उठाउने पहिलो नेपाली प्रधानमन्त्री बने ओली, बाबुराम पछि परे (भिडियो)

विश्व मञ्चमा सिर उठाउने पहिलो नेपाली प्रधानमन्त्री बने ओली, बाबुराम पछि परे (भिडियो)

काठमाडौं । प्रबिधि र अंग्रेजी दुबैमा पूर्व प्रधानमन्त्री बाबुराम अगाडि रहेका सबैलाई थाहै छ । तर उनीभन्दा एक कदम अगाडि आएका छन् प्रधानमन्त्री केपी शर्मा ओली ।ओलीले हिजो नेपाली प्रधानमन्त्रीले कहिल्यै नगरेको एउटा असल अभ्यास सुरू गरेर अन्तराष्ट्रिय रेकर्ड राखेका छन् । संयुक्त राष्ट्रसंघको ७३ औं महासभालाई गएराती सम्बोधन गर्ने क्रममा उनले अहिलेसम्म नेपाका कुनै पनि प्रधानमन्त्रीले नगरेको एउटा प्रयोग गरे जसले उनी स्वयं र देशको सान राख्यो ।अमेरिकाको न्युर्योकमा जारी महासभामा सम्बोधन गर्दा एक नयाँ प्रयोग देखियो, जुन नेपालका कुनैपनि प्रधानमन्त्रीले यस अगाडि गरेका थिएनन् ।

ओलीले आफ्नो लिखित भाषण टेलि प्रम्पटरको प्रयोग गरेर बाचन गरे, जसले गर्दा उनको अंग्रेजी प्रस्तुती दमदार देखियो ।युएन महासभालाई सम्बोधन गर्दा ओलीले लिखित अंग्रेजी भाषण वाचन गरेका थिए । तर उनले घोप्टो मुन्टो लगाएर कागजका पाना पल्टाउँदै भाषण गरेको देखिएन । उनी दायाँ र वायाँ तर्फ मुन्टो घुमाउँदै प्रम्पटरमा आँखा लगाएर खरर अंग्रेजी भाषण दिएका थिए । यस अगाडि यही मञ्चमा नेपालका प्रधानमन्त्रीहरूले घोप्टे मुन्टो लगाएर लिखित भाषण पढेका देख्दा निकै अड लाग्थ्यो । प्रबिधीमा अगाडि ठानिएका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले समेत पाना पल्टाएर भाषण पढेका थिए । तर प्रम्पटरका अक्षर पढेका ओली तुलनात्मक सानदार देखिए ।

प्रम्पटर मुख्यतः टेलिभिजन प्रस्तोताका लागि प्रयोगमा आउँछ । प्रस्तोताले क्यामेरासँग आँखाको भाका मिलाएर समाचार वा लिखित स्क्रिप्ट पढेको देखाउन यसको प्रयोग हुन्छ । विदेशतिर गायक वा कलाकारहरूले प्रस्तुतीका समय आफ्ना लाइनहरू नछुटुन् भनेर पनि यसको प्रयोग गर्ने क्रम बढ्दो छ ।मोदी र अमेरिकी पूर्व राष्ट्रपति बाराक ओवामा प्रम्पटर प्रयोग गरेर आफ्नो भाषण कलाबाट चर्चित बनेका नेतामा कहलिन्छन् । अब नेपालका प्रधानमन्त्री ओली पनि अन्तराष्ट्रिय मञ्चमा जम्न सुरू गरेका छन् ।यो भिडियो हेर्नुस्ः

Facebook Comments