निर्मला हत्या प्रकरणः विवादित बनेका निलम्बित एसपी विष्टसहित तीनै जनाको डीएनए मिलेन, अब के हुन्छ ?

कञ्चनपुर । निर्मला पन्तको बलात्कार प्रकरणमा विवादित बनेका एसपी डिल्लीराज विष्टसहित तीन जनाको डीएनए परीक्षणको रिपोर्ट मेल खाएन् । एसपी विष्ट, उनका छोरा किरण र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्टको डीएनए टेष्ट गरिएको थियो ।डीएनए रिपोर्ट आएको तर, मेल नखाएको बतायउको छ ।

सुरुदेखि नै एसपी विष्टका छोरा र मेयरका भतिजमाथि छानविन गर्न माग गरेका थिए । तर, लामो समयसम्म उनीहरुलाई अनुसन्धानको दायरामा ल्याइएन ।

एसपी विष्टले पनि अनुसन्धानमा लापरवाही गर्नुका साथै प्रमाण नष्ट गर्न भूमिका खेलेको सरकारी छानविन समितिले जनाएको छ ।साउन १० गते साथी रोशनी बमको घर गएकी १३ वर्षीया पन्तको बलात्कारपछि हत्या गरिएको अवस्थामा भोलिपल्ट विहान उखुबारीमा शव भेटिएको थियो यहि काण्डले देशैभरी विरोध भइरहदा पनि हत्यारा पत्ता लगाउन सकिएको छैन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

नेपाली प्रोफाइलमा खाता किन?

समाचार संग्रह गर्न तथा संग्रहित समाचार पढ्न सक्नुहुनेछ ।

नेपाली प्रोफाइलमा आफ्ना लेख प्रकाशित गर्न सक्नुहुनेछ ।

तपाईंको रुची अनुसारको समाचार पढ्न सक्नुहुनेछ ।

%d bloggers like this: