क्रिश्चियन धर्म प्रचार तथा धर्म परिवर्तन गर्न प्रेरित गर्दे हिडेका सशस्त्र प्रहरी हवल्दार गुरुङ्ग पक्राउ

क्रिश्चियन धर्म प्रचार तथा धर्म परिवर्तन गर्न प्रेरित गर्दे हिडेका सशस्त्र प्रहरी हवल्दार गुरुङ्ग पक्राउ

बुटवल-सशस्त्र प्रहरी हवल्दार दिलिप बहादुर गुरुङ्ग पक्राउ परेका छन् । गुरुङ्गलाई क्रिश्चियन धर्म प्रचार तथा धर्म परिवर्तन गर्न प्रेरित गरेको आरोपमा पकउ गरिएको हो ।

स्थानीय प्रशासनको समन्वयपछि सशस्त्र प्रहरीका हवल्दार तथा क्रिश्चियन धर्म प्रचारक गुरुङलाई जिल्ला प्रहरी कार्यालय पाल्पाले पाल्पाको क्राउन होटलबाट पक्राउ गरेको हो ।

पाल्पाका जिल्ला प्रहरी प्रमुख एसपी विश्वमणि पोखरेलका अनुसार प्रमुख जिल्ला अधिकारीको निर्देशन र सशस्त्र प्रहरी कार्यालयका प्रमुखको आग्रहमा उनलाई पक्राउ गरी हिरासतमा राखिएको छ ।आवश्यक छानविनपछि उनलाई विभागिय कार्वाही हुने बताइएको छ ।

Facebook Comments