निर्मला हत्या प्रकरण : सिंहदरवार घेरेर गृहमन्त्री र प्रहरी प्रमुखको राजिनामा माग, निशेधित क्षेत्र तोड्दा पनि प्रहरीले मेसो पाएन

निर्मला हत्या प्रकरण : सिंहदरवार घेरेर गृहमन्त्री र प्रहरी प्रमुखको राजिनामा माग, निशेधित क्षेत्र तोड्दा पनि प्रहरीले मेसो पाएन

काठमाडौं, १८ असोज । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नलाई पक्राउ गर्न माग गर्दै विहिवार काठमाडौंको सिंहदरवारको गेट अगाडी धर्ना दिइएको छ । घटना भएको लामो समय बितिसक्दा पनि निर्मलाका हत्यारा पक्राउ गर्न नसकेको भन्दै सरकारलाई दवाव दिन सिंहदरवार नै घेराउ गरिएको हो ।

युवाहरुको एक समुहले निर्मला पन्तलाई न्याय माग्दै सरकारको प्रमुख प्रशासनीक भवन सिंहदरबार छिर्ने गेट अगाडि नारा जुलुस र प्रदर्शन भएको गरेका हुन् ।

युवाहरूको समूह सिंहदरबारको दक्षिण गेट अगाडि सडकमा बसेर नाराबाजी गरिरहेका छन् । प्रदर्शनकारीको समूहले निषेधित क्षेत्रभित्र आएर धर्ना बसेर नाराबाजी गरेका हुन् ।

उनीहरूले १० मिनेट प्रदर्शन तथा नाराबाजी गरेका थिए । प्रर्दशनकारीहरुले देशमा भइरहेका आपराधिक घटनामा सरकार मुकदर्शक बनेर बसेको भन्दै गृहमन्त्री रामबहादुर थापा र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको राजीनामा समेत माग गरेका छन्।

उनीहरू अपर्झट आएर धर्ना बसेकाले प्रहरीले समेत पक्राउ गर्न मेसो पाएन । सिंहदरबार गेटमा रहेका सुरक्षाकर्मीले गेटमै रोकेपछि उनीहरू त्यहीँ बसेर नाराबाजी गरेका थिए।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

नेपाली प्रोफाइलमा खाता किन?

समाचार संग्रह गर्न तथा संग्रहित समाचार पढ्न सक्नुहुनेछ ।

नेपाली प्रोफाइलमा आफ्ना लेख प्रकाशित गर्न सक्नुहुनेछ ।

तपाईंको रुची अनुसारको समाचार पढ्न सक्नुहुनेछ ।