मोबाइल वालेटमा दशैं अफर : इसेवाको ‘दशैँ धमाका’ र आइएमई पेको ‘१० रुपैयाँमा हवाई यात्रा’

मोबाइल वालेटमा दशैं अफर : इसेवाको ‘दशैँ धमाका’ र आइएमई पेको ‘१० रुपैयाँमा हवाई यात्रा’
काठमाडौ, १८ असोज । पछिल्लो समय नेपालमा पनि मोबाइल वालेटको प्रयोग बढ्दैछ । अझ केही समयअघि नेपाल राष्ट्र बैंकले मोबाइल वालेट सञ्चालनका लागि केही सेवा प्रदायकलाई अनुमति प्रंदान गरेसँगै अहिले सेवा प्रदायकहरु ग्राहकलाई कसरी आफुतिर आकर्षित गर्ने भन्नेमा प्रतिस्पर्धा गरिरहेका छन् । नेपालमा हाल इसेवा, आइएमई पे, प्रभु पे, खल्ती, फोन पे, आइ पे, हेलो पैसालगायत विभिन्न कम्पनीहरुले मोबाइल वालेट सञ्चालन गरिरहेका छन् ।
अहिले मोबाइल वालेट कम्पनीहरुमा ग्राहकलाई आफुतिर तान्न दशैंको अवसर उपयुक्त बन्ने आशा पनि छ ।

केही मोबाइल वालेट कमपनीहरुले मोबाइल वालेट प्रयोगकर्ताकहरुका लागि दशैं अफर सार्वजनिक गरिसकेका छन् भने केही चाँडैं अफर ल्याउने तयारीमा छन् । पछिल्लो समय मोबाइल वालेटमा प्रतिस्पर्धी देखिएका कम्पनी मध्ये इसेवा र आइएमई पेले दशैं अफरका रुपमा ग्राहकहरुलाई विभिन्न पुरस्कारदेखि सुविधासम्मको घोषणा गरेका छन् ।

इसेवा–नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी इसेवा फोन पे प्रा.लि.ले नेपालीहरूको महान चाड दशैँलाई लक्षित् गर्दै ‘दशैँ धमाका’ उपहार योजना सार्बजनिक गरेको छ । असोज २८ गतेसम्म सञ्चालन हुने यस उपहार योजनामा बम्पर, प्रथम, दोस्रो, तेस्रो, विशेष र अन्य योजनामा गरी ३ सय जना भन्दा बढिले पुरस्कार जित्न सक्नेछन् । यस योजना अनुसार कुनैपनि सदस्य बैंक अथवा नजिकैको इसेवा क्यास पोइन्टबाट रकम जम्मा गरि आर्कषक उपहारहरू जित्ने मौका मिल्ने छ । इसेवा वालेटमा बैंक तथा क्यास पोइन्टबाट १०० वा सो भन्दा बढि रकम लोड गर्ने व्यक्ति यस उपहार योजनामा सहभागि हुनेछन् ।

पुरस्कारलाई बम्पर, प्रथम, दोस्रो, तेस्रो, विशेष र अन्य गरि ६ वर्गमा विभाजन गरिएको छ । अन्य उपहार जित्ने विजेताहरूको नाम प्रत्येक ३÷३ दिनमा घोषणा गरिनेछ । बम्पर, प्रथम, दोश्रो, तेस्रो र विशेष उपहार जित्ने ग्राहकहरुको नाम असोज २८ गते घोषणा गरिनेछ । सबै विजेता गोलाप्रथाबाट घोषित गरिनेछ । इसेवाको बम्पर उपहारमा एक जनाले थाइल्याण्डको बैंकक यात्राको लागि सस्तो टिकट मार्फत दुईवटा हवाई टिकट प्राप्त गर्नेछन् । यसैगरी प्रथम उपहारका बिजेताले समिट रिभर लजमा एक जोडीलाई एक रात दुई दिनको प्याकेज प्राप्त गर्न सक्नेछन् ।

यसैगरी द्धितिय पुरस्कारमा दुई जनाले इसेवापसलमा १० हजार बराबरको सपिङ भौचर तथा तृतिय पुरस्कारमा तीन जनाले टाइटनको घडि जित्न सक्नेछन् । यसैगरी अन्य पुरस्कारमा २ सय ५० जनालाई ५०१ रूपैयाँका दरले इसेवामा ब्यालेन्स्, १० जनालाई मनिक्यूर र पेडिक्यूर सेट, ५ जनालाई आकर्षक ज्याकेट, ५ जनालाई २४ सय बराबरको मिडास इक्लास, ५ जनालाई १ हजार बराबरको र अन्य ५ जनालाई रू ५ सय बराबरको फुड कुपन प्रदान गरिनेछ । यी पुरस्कार हरेक ३–३ दिनमा ५६ जनाका दरले वितरण गरिनेछ । पहिलो ३ दिनका विजेताहरूको नाम भने सोमबार घोषणा गरेको छ ।

आइएमई पे– आइएमई गु्रप अन्तर्गत संचालित ‘आइएमई डिजिटल’ द्वारा प्रवद्र्धित ‘आइएमई पे’ ले दशैंमा आफन्तसँगको भेटघाटलाई सुलभ र सहज तुल्याउन हवाई टिकट स्किम सार्वजनिक गरेको छ ।

उक्त स्किम अन्तर्गत बुद्ध, यती, तारा, सौर्य, श्री र सिम्रिक एयरलाइन्समा नेपालभरका विभिन्न गन्तव्यका लागि आइएमई पेबाट टिकट खरिद गर्ने यात्रुमध्ये प्रत्येक दिन छ जना भाग्यशाली विजेताले १० वाहेकको अन्य हवाई शूल्क उपहार स्वरूप ‘आइएमई पे’ वालेटमै फिर्ता पाउनेछन् । यो योजना असोज १७ गतेदेखि ३१ गतेसम्म गरी जम्मा १८ दिन कायम हुनेछ । झन्डै १५ हजार एजेण्ट आउटलेट संजाल भएको आइएमई पे आईएमई गु्रप अन्तर्गतको डिजिटल वित्तीय सेवा प्रदायक कम्पनी हो

Facebook Comments