अष्ट्रिच नेपालले दसैंलाई लक्षित गरी अष्ट्रिच चराको मासु पठाउन सुरु

बुटवल, २२ असोज । अष्ट्रिच नेपाल प्रालिले दसैंलाई लक्षित गरी यस वर्ष दैनिक ५ टन अर्थात् ५ सय केजी का दरले बजारमा अष्ट्रिच चराको मासु पठाउन सुरु गरेको छ । पर्व नजिकिँदै जाँदा उपभोक्तालाई स्वादिष्ट मासु सहजरुपमा उपलब्ध गराउने उद्देश्यले प्रालिले दैनिक मासु उत्पादन गरी बजारमा पठाउन थालेको हो । मासु उपभोक्ताले नेपालमा मुख्यमुख्य बजारमा सहजै किन्न पाउने छन् ।

रुपन्देहीको तिलोत्तमा नगरापलिका वडा नम्बर १७ मा फर्म रहेको प्रालिले दसैंलाई लक्षित गरी बजारमा विक्रीका लागि मासु पठाउन सुरु गरेको जनाएको छ । यस वर्ष प्रालिले अष्ट्रिच चराको मासु बिक्रीका लागि प्याकेजिङ् गरी तयार पारेर बजारमा पठाउन सुरु गरेको हो । असोज १५ गतेदेखि नै बजारमा मासु पठाउन थालिएको हो । अघिल्लो वर्षमा दसैंमा सय टन बढी मासु विक्री गरेको प्रालिले यस वर्ष दैनिक ५ टनका दरले मासु विक्रीका लागि पठाएको हो । पर्वलक्षित गरी भुटुवा प्रतिकिलो ५ सय, हड्डीसहितको मासु प्रतिकिलो ९७० र फल मासु प्रतिकिलो १५ सय ९० रुपैयाँका दरले तीन प्रकारको मासु बजारमा पठाइएको प्रालिका अध्यक्ष सिपी शर्माले बताए ।

प्रालिले मासु आफ्नै फर्ममा रहेको बधशालामा काटेर प्याकेजिंग गरी बजारमा पठाउने गरेको छ । अष्ट्रिचको मासु देशका प्रमुख शहरमा रहेका भाटभटेनी डिपार्टमेन्टल स्टोरहरू, काठमाडौंको बिग मार्ट तथा अन्य डिपार्ट मेन्टल स्टोर, साना ठुला मार्टहरू र नाम चलेका फ्रेस हाउसमा सहजै पाइने व्यवस्था मिलाइएको छ । खासगरी थोरै क्यालोरी, क्लोस्टोरको मात्रा निकै कम हुनु, बोसो नहुने, भिटामिन प्रशस्त पाइने भएकाले पनि अष्ट्रिचको मासु अन्य मासुजन्य पदार्थभन्दा निकै स्वास्थ्यबद्र्धक हुने अध्यक्ष शर्माले बताए ।

ब्लडप्रेशर, मुटुका रोगीहरूलाई पनि अष्ट्रिचको मासु निकै लाभदायक हुने डाक्टरहरु बताउँछन् । अष्ट्रिचको मासु तयार गरी १८ डिग्री सेन्टिग्रेडको तापक्रममा राखेर ६ महिनासम्म प्रयोग गर्न सकिन्छ । रुपन्देहीसँगै दाङको विजौरीमा समेत अष्ट्रिच पालन गर्दै आएको प्रालिले दसैंकै लागि मासु खानमिल्ने ६ हजार अष्ट्रिच चराहरु तयारी राखेको जनाएको छ ।

भर्खरै प्रकाशित

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा बालगृहमा रात्रीभोज

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीले आइतबार लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा रात्री भोज कार्यक्रम गरेको छ । जनपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा बालगृहमा उक्त कार्यक्रम गरिएको…