नागढुङ्गा सुरुङमार्ग बनाउँन नेपालीसहित ४२ वटा कम्पनी इच्छुक, आवेदन बुझाउने समय अझै १५ दिन थपियो

नागढुङ्गा सुरुङमार्ग बनाउँन नेपालीसहित ४२ वटा कम्पनी इच्छुक, आवेदन बुझाउने समय अझै १५ दिन थपियो

काठमाडौं। नेपालकै पहिलो सडक सुरुङमार्गको रूपमा निर्माण गर्न लागिएको नागढुङ्गा सुरुङमार्ग बनाउँन ४२ वटा कम्पनी इच्छुक देखिएका छन् । सडक विभागको वैदेशिक सहायता कार्यान्वयन महाशाखाले सुरुङमार्ग बनाउँन दुई महिना अगाडि मागेको प्रस्तावको थियो ।

प्रस्ताव बुझाउने अन्तिम दिन हिजो मंगलबारसम्ममा ४२ वटा कम्पनीले टेण्डर डकुमेन्ट खरिद गरेको महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठले आर्थिक न्युजलाई जानकारी दिए । श्रेष्ठले भने ‘सुरुङमार्ग बनाउन आवेदन दिन चाहने कम्पनीमा सबैभन्दा बढी चिनियाँ रहका छन् ।

चीनको दुई दर्जन भन्दा बढी कम्पनीले यो सुरुङमार्ग बनाउन टेण्डर डकुमेन्ट लगेका छन’ । प्रस्ताव पेस गर्न चाहने कम्पनीले महाशाखाकै कार्यालयबाट २० हजार रुपैयाँ तिरेर बिडिङ डकुमेन्ट खरिद गरेका हुन ।

यो सुरुङमार्ग बनाउन चाहनेमा एक दर्जन नेपाली कम्पनीसमेत रहेको महाशाखाले जानकारी दिएको छ । नेपाली कम्पनीले पनि यो आयोजना बनाउन इच्छा देखाउँदै टेण्डर डकुमेन्ट खरिद गरेका छन् ।

टेण्डर बुझाउन धेरै डकुमेन्ट अध्ययन गर्नुपर्ने र प्रक्रिया पुराउन समय अपुग भएकोले महाशाखाले बुधबारबाट १५ दिनको समय थप गरेको श्रेष्ठले बताए । महाशाखाले गत साउन २५ मा ६० दिने समय तोकेर बोलपत्र आह्वान गरेको थियो । थपिएको १५ दिन भित्र डकुमेन्ट लगेका र अझै इच्छुक कम्पनी भए तिनल पनि आवेदन दिइसक्नुपर्ने हुन्छ ।

महाशाखाका अनुसार सबै भन्दा बढी चासो देखाउनेमा चीन पहिलो नम्बरमा छ । त्यसपछि नेपाली कम्पनी छन् । जापानीज, भारतीय, कोरियाली र टर्कीससहितका कम्पनीले पनि बिडिङ डकुमेन्ट खरिद गरेर लगेका छन् । महाशाखाले थप गरेको समयमा अझै केही कम्पनी थप हुन सक्ने जानकारी पनि दिएको छ ।

काठमाडौंबाट थानकोट हुँदै बाहिरिने र भित्रने सवारीसाधानको सहजताका निम्ति नागढुंगामा सुरुङमार्ग बनाउन करिब १६ अर्ब रुपैयाँसम्मको ठेक्काका लागि प्रस्ताव माग भएको हो ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को ऋण सहयोगमा यो सुरुङमार्ग बनाउन लागिएको हो । थानकोटबाट धादिङको सिस्नेखोलासम्मको २.६८ किलोमिटरको सुरुङमार्ग बनाउन सरकारले यस अघि नै जाइकासँगको ऋण स्वीकार गरिसकेको छ । सोही ऋणअनुसार सरकारले साइट क्लियर गर्ने र ऋणरकमबाट सुरुङमार्ग बनाइने छ ।

महाशाखाले मागेको प्रस्ताव अनुसार एउटै कम्पनीले सुरुङमार्ग र सुरुङमार्ग प्रवेश गर्ने दुबै दुवैतर्फको सडक बनाउनुपर्छ । सुरुङमार्ग र सडक तोकिएको मापददण्ड र समयभित्रै सम्पन्न गर्नुपर्ने शर्त पनि प्रस्तावनामा राखिएको छ ।

सरकारले सुरुङमार्ग बनाउँन जाइकासँग १६ अर्ब ६३ करोड ६० लाख जापानी येन (१६ अर्ब ४६ करोड ९६ लाख रुपैयाँ) ऋणसको सहमति गरेको छ सहमति अनुसार यो ऋण आगामी ४० वर्षका निम्ति बार्षिक ०.१ प्रतिशतका दरले ब्याजसहितको सावा तिर्दै जानुपर्नेछ ।

यो प्रस्तावको मूल्यांकन गर्ने, आवश्यक स्वीकृतिका निम्ति ऋणदाता जाइका पठाउने र ठेकेदार छनोट गर्ने प्रक्रिया सन् २०१९ को जनावरी (६ महिनासम्म)लाई तोकिएको छ । त्यसपछि ४२ महिनाको समय दिएर उपयुक्त ठहरिएको एक ठेकेदारलाई यो सुरुङमार्ग निर्माण गर्न दिइने छ ।

आयोजनाले तोकेको सर्तअनुसार यो सुरुङमार्ग प्रवेशका लागि त्रिभुवन राजपथबाट काठमाडौंतर्फ थानकोटको बस्नेतछापसम्मको २.३० किमि र धादिङतर्फ धुनिबेसीको सिस्नेखोलाबाट ५६५ मिटर पक्कि सडक बनाउनपर्छ । सुरुङमार्गले हालको सडकबाट जानुभन्दा सुरुङबाट जाँदा ४ किमि बाटो छोटो पर्ने छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

नेपाली प्रोफाइलमा खाता किन?

समाचार संग्रह गर्न तथा संग्रहित समाचार पढ्न सक्नुहुनेछ ।

नेपाली प्रोफाइलमा आफ्ना लेख प्रकाशित गर्न सक्नुहुनेछ ।

तपाईंको रुची अनुसारको समाचार पढ्न सक्नुहुनेछ ।