बामदेवका लागि बातावरण बन्दै गएपछि इश्वर पोखरेललाई छटपटी, यसरी पोखे फेसवुकमा बह

काठमाण्डौं २४ असोज । नेकपा कम्युनिष् पार्टी (नेकपा) का वरिष्ठ नेता वामदेव गौतम काठमाण्डौं क्षेत्र नम्बर–७ बाट चुनाव लड्ने प्रशंगले अहिले नेपालको राजनीतिक माहोल तातेको छ । वर्दियावाट अनपेक्षित रुपमा पराजित भएका बामदेवलाई संसदमा प्रवेश गराउनु पर्ने भन्दै पार्टीले नै उनका लागि वातावरण तयार गरिदिएको हो । तर पार्टीकै केही नेता भने उनी प्रति पार्टीले गरेको त्यस्तो गतिविधि विरुद्ध आलोचना गर्न थालेका छन् ।

ति मध्ये एक हुन् नेकपाका सचिवालय सदस्य एवं उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल । उनले यस अघि पनि बामदेवका विरुद्ध भित्रि गुटबन्दी भने चलाएकै थिए । तर काठमाण्डौ ७ का सांसद रामवीर मानन्धरले बामदेवका लागि ठाउँ खाली गर्न आफु तयार रहेको भन्दै सांसद पदवाटै राजिनामा दिए पछि पोखरेल खुलेरै बामदेवको विरोधमा उत्रिएका छन् । उनले पार्टीको बैठकमा पनि बामदेवलाई निर्वाचनमा उम्मेदवार बनाउने कुराको खुलेरै बिरोध गरे । साथी आफ्ना निकटकाहरुलाई बामदेवलाई चुनाव लड्ने बातावरण बिगार्न समे निर्देशन दिएको बुझिएको छ ।

सांसद रामवीर मानन्धरले राजीनामा दिनु भन्दा एक दिन अघि नेता पोखरेलले आफु निकटका केही संचारकर्मीलाई समेत फोन गरेर विकसित राजनीतिक घटनाक्रमका बारेमा बताउँदै बामदेवलाई उपनिर्वाचनमा सहभागी हुने बातावरण हुन नदिन भूमिका खेल्न समेत निर्देशन दिएको स्रोतले बताएको छ ।

बुधबार बिहान सामाजिक सञ्जाल फेसबुकमा उनले सोही आसयको स्टाटस पोष्ट गरेका छन् । त्यसमा उनले बामदेव र प्रचण्डको नाम त उल्लेख गरेका छैनन् तर सो स्टाटसको संकेत प्रचण्ड तर्फ सोझिएको बुझिन्छ । स्टाटस् पोस्ट गर्दै पोखरेलले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वामदेव गौतमप्रति तिखो वाण प्रहार गरेका हुन् । उनले घुमाउरो पाराले कुटनीतिक शब्द प्रयोग गरेर पूर्वमाओवादीप्रति कटाक्ष गर्दै प्रचण्डलाई निशाना बनाएका छन् ।

उनले फेसवुकमा लेखेका छन्

नयाँ स्तरमा एकतावद्ध हुनु ज़रूरी छ १ हिजो अत्यन्त प्रतिकूल अवस्थामा , एक किसिमले केही नभएको अवस्थामा , अथक प्रयत्नका साथ हामीले कम्युनिष्ट पार्टी बनायौं र त्यसलाई एउटा नयाँ उचाइमा पुर्यायौं । मैलिकतामा आधारित सुसंगत विचारका श्रृंखला विकास गर्यौं १ सुदृढ संगठनात्मक संरचना तथा आम जनतामा स्थापित नेतृत्व पंक्ति विकास गर्यौं । यसक्रममा पार्टीभित्रै देखापर्ने विकृति– विसंगतीका विरूद्धमा जुध्यौं र त्यसका वाहकहरूलाई पराजित गर्दै अघि बढ्यौं – बढिरह्यौं १ हामी एकता र एकतावद्ध हुने कुराको पक्षमा उभिइरह्यौं , फूट विभाजनका विरूद्धमा चट्टानी ढंगले खडा भयौं र पराजीत गर्यौं । यी काम गरिरहँदा हामीले देश र जनताका हितमा काम गर्ने कुरालाई केन्द्रमा राखिरह्यौं १ हामी ‘क्रान्तिकारी शक्ति निर्माण गर्ने’ नाममा वा ‘क्रान्तिकारी नेतृत्वको रक्षा गर्ने’ नाममा विदेशी भूमिमा आश्रित रहेनौं, रहन चाहेनौं । देशमा ‘क्रान्तिकारी परिवर्तन’ गर्ने नाममा विदेशी शक्तिसित कुनै गोप्य साँठगाँठ पनि गरेनौं । हामी आफ्नै देशका आधारभूत जनतामा भर परेर टिक्न चाह्यौं, बाँच्न चाह्यौं १ जनताले नरूचाएका वा जनतालाई हानी पुर्याउने कुनै रूमानी ‘संघर्ष’ मा रमाएनौं , त्यस्ता कुरालाई रुचाउँदै रुचाएनौं १ हामीभित्र आत्मकेन्द्रित जंगली महत्वाकाँक्षा कहिले पनि झांगिन पाएन, फल्न फूल्न पाएन । यसरी , हामी राष्ट्रिय राजनीतिमा महत्वपूर्ण केन्द्र बन्न सफल रह्यौं , राजनीतिक आन्दोलनका साथै सामाजिक आन्दोलनमा पनि नेतृत्वदायी शक्ति बन्यौं १ अहिले हामी भन्दैछौं – हामी थप एकतावद्ध बनेका छौं १ कता हो कता , शक्तिशाली पनि बनेका छौं ११ तर हाम्रो यो स्थितिलाई सच्चा शक्तिमा बदल्नका लागि विगतमा हामी स्वयमले स्थापित गरेका विचार , विधि , मान्यता, अभ्यास र आचरणलाई नयाँ स्तरमा उठाउनु र स्थापित गर्नु ज़रूरी छ । प्राप्त भएको उचाइसंगै चुनौतीहरू पनि प्रकट हुनसक्छन् भन्ने कुरालाई यतिवेला पनि हेक्का राख्नु ज़रूरी छ । त्यस्ता दुर्भाग्यपूर्ण सम्भावनालाई पराजित गर्न विगतमा हामी स्वयमले स्थापित गरेका , विकसित गरेका कुरामा आधारित हुँदै अगाडि बढ्नुपर्ने ज़रूरी छ । हाम्रा राम्रा कुराहरूले, हामी स्वयमले विकास गरेका राम्रा कुराहरूले मात्र हामीलाई बचाउन सक्नेछन् , हामी नयाँ स्तरमा उठ्न सक्नेछौं

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

नेपाली प्रोफाइलमा खाता किन?

समाचार संग्रह गर्न तथा संग्रहित समाचार पढ्न सक्नुहुनेछ ।

नेपाली प्रोफाइलमा आफ्ना लेख प्रकाशित गर्न सक्नुहुनेछ ।

तपाईंको रुची अनुसारको समाचार पढ्न सक्नुहुनेछ ।