समृद्धिको यात्रामा बामदेव गौतमको खाँचो भएकाले मैले बाटो खोलिदिएको हुँः रामबीर मानन्धर

जनताले प्रचण्ड बहुमतले जिताएको सांसदलाई एकाएक राजीनामा दिनुपर्ने अवस्था कसरी आयो ?

-हो सबैभन्दा पहिला यो विषयलाई सकारात्मक रुपमा बुझिदिन मेरा शुभचिन्तक एवं कार्यकर्तालाई सुझाव दिन्छु । म पार्टीको ईमान्दार सिपाही भएकाले पार्टीको निर्देशन पालना गरे ।

तपाईको राजीनामको बिषयपछि चर्चामा धेरै कुरा आएका छन के हो खास ?

-मैले यो सबै कुरा तत्काल भनिहाल्नुपर्छ भन्ने लाग्दैन धेरै कुरा आफैं स्पष्ट भईसकेका छन बाँकी कुरा खुल्दै जानेछन । तर यो भन्नैपर्छ मैले अब हामी समृद्धिको यात्रामा छौ । यसका लागी एउटा टिम चाहिन्छ त्यही खालको स्प्रिट चाहिन्छ । यसका लागी मैले थप सहयोग गर्नुपर्ने आवस्यकताले भएको हो । यसभन्दा अरु अर्थमा बुझ्नुपर्ने आवस्यकता देख्दिन ।

तपाईले बामदेव कामरेडलाई स्पेस खाली गरिदिएपछि तपाईको व्यस्थापन अब कसरी हुन्छ ?

-मेरो व्यवस्थापनको विषय अरु कसैको चिन्ताको विषय बन्नुपर्ने मलाई लाग्दैन । म सँगै राजनीतिमा होमिएका धेरै साथीहरु अहिलेसम्म वडाध्यक्ष सम्म बन्ने मौका मिलेको छैन । म सांसद बने संविधान सभाको सदस्य बनेर ऐतिहासिक संविधान बनाउने प्रक्रियामा सहभागी हुने मौका पाए । अहिले पार्टीमा अर्को साथीलाई मौका दिने सवालमा मलाई व्यवस्थापन गर्ने बिषय प्राथामिक हुन सक्दैन ।
पार्टीको निर्देशन मान्ने सवालमा क्षेत्र नम्बर ७ का जनताले

तपाईको बिश्वासमा गरेको मतदानको अवमुल्यान भएझै लाग्दैन ?

-एकदमै ठिक हो । जनताले मलाई बिश्वास गरेर जिताएका हुन । यो क्षेत्रलाई नै समृद्ध बनाउछ र विकास गर्छ भन्ने अपेक्षाले उहाँहरुले मतदान गर्नुभयो । उहाँहरुले मलाई मतदान गरेर जिम्मेवारी दिनुको अर्थ यो क्षेत्रको विकास गर्नु हो । देशलाई समृद्ध बनाउनु हो । म निक्कै गम्भीर छु यो विषयमा । तर मलाई यो पनि थाहा छ यो म एउटा व्यक्तिले गर्ने होईन टिमले गर्ने हो । काम हुन टिक वर्क चाहिन्छ । मैले तपाईलाई सोधे भने विकास भएको छैन भन्नुहुन्छ । त्यसको उदेश्य के हो त ? लक्ष्य के थियो त ? भन्दा विकास निर्माण थियो । किन चाहिं अड्किएको छ भन्दा टिम वर्क प्रभावकारी नभएर । यसैका लागी मैले यो त्याग गर्न तयार भएको छु् । यसलाई सबै क्षेत्रले सकारात्मक रुपमा लिनुपर्दछ ।

किन हुन सकेन ? तपाइकै पार्टीको दुई तिहाइ बहुमत छ । मन्त्री प्रधानमन्त्री तपाईकै पार्टीका फेरि ?

-हो यसलाई अझै मजवुत बनाउने बामदेव कमरेडको खाँचो पार्टीले महशुस गरेकाले नै मैले राजीनामा दिएर उहाँका लागी बाटो खोलेको हुँ । म ठोकुवाका साथ भन्न सक्छु उहाँको उपस्थितीले सरकारले अपेक्षा गरेजति काम गर्न सक्नेछ । उदारहणका रुपमा तपाई हेर्न सक्नुहुन्छ भारतमा अग्रेजलाई हटाउन एक्लै महात्मा गान्धि हुँदा पुग्यो । मलेशियामा महाथीरलाई हेर्न सकिन्छ । नेपालमै हेर्नुहोस कुलमान घिसिङ ।

के बामदेवजी आउदाँ संसदमा जादुकै छडी चल्छ ? उहाँ पनि धेरैपटक टेस्टेड होईन र भन्या ?

जादुकै छडी उहाँ आउदाँसाथ चल्ने भनेको होईन तर मैले टिम वर्कमा कतै न कतै ल्याक भईरहेको, खड्की रहेको छ भनिरहेको छु नी त । त्यही अभावलाई पुरा गर्ने बिश्वास मैले लिएको छु र हुन्छ पनि । फेरि स्पष्ट पार्न आवस्याक ठाने सबैको क्षमता एउटै हुदैन । मैले जहिले पनि कुलमान घिसिङको उदारहण दिन्छु , के वहाले एक्लै गर्नु भएको हो र त्यो सबै ? होईन नी टिम वर्कले गरेको हो त्यसका लागी टिम सवल बनाउने बामदेवको कमरेडको खाँचो महशुस भयो ।

मानन्धरसँगको पुरै कुराकानी हेर्न तलको लिंङ्क क्लिक गर्नुहोस

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

नेपाली प्रोफाइलमा खाता किन?

समाचार संग्रह गर्न तथा संग्रहित समाचार पढ्न सक्नुहुनेछ ।

नेपाली प्रोफाइलमा आफ्ना लेख प्रकाशित गर्न सक्नुहुनेछ ।

तपाईंको रुची अनुसारको समाचार पढ्न सक्नुहुनेछ ।