चीन सक्रिय हुँदा रअको नेपाल स्टेसनमा उथलपुथल, काठमाडौँमा चिट्कुलेले बढायो सक्रियता

काठमाडौं – भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) ले नेपालस्थित आफ्नो स्टेशनमा ठूलो परिवर्तन गरेको छ ।नेपालमा बामपन्थी सरकारको दबदबा बढ्न थालेपछि रअको मुख्यालय दिल्लीले कर्मचारीहरुको हेरफेर गरेको हो । रअको नेपाल स्टेशनका दोस्रो तहका पी.डी. छिरिङलाई सरुवा गरिएको छ ।छिरिङको स्थानमा स्टालिन बाबु चिट्कुलेलाई रअको मुख्यालयले काठमाडौं पठाएको स्रोतले बतायो । केही साता अगाडि काठमाडौं आएर जिम्मेवारी सम्हालेका चिट्कुलेले रअको मुख्यालयको गतिमा स्पीड पकड्न शुरु गरेका छन् । यो खबर हरेक बिहिबार प्रकाशित हुने ‘यूनाइटेड पोस्ट’ राष्ट्रिय साप्ताहिक अखबारमा छापिएको छ ।

उनले नेपालको आन्तरिक राजनीतिक गतिविधि, सूचना संकलन, एजेन्ट परिचालन, नेपालमा भारतविरुद्ध हुने गतिविधि आदिमा शुक्ष्म ढंगले अनुसन्धान शुरु गरेको उच्च स्रोतले जनाएको छ ।नेपाल नीतिमा भारतको भूमिका कमजोर भएको भन्दै आलोचना भएपछि केही समयअघि दिल्लीस्थित ‘रअ’को मुख्यालयले काठमाडौं स्टेशनका प्रमुख विवेक जोहरीलाई फिर्ता बोलाएर उनको ठाउँमा अभिजित हल्दरलाई पठाएको थियो ।हल्दर काठमाडौं आएसँगै रअको गतिविधि झन सक्रिय भएको छ । हुनत भारत नेपालको राजनीतिलाई पहिला जस्तो हस्तक्षेप गर्ने मुडमा छैन ।भारतीय जनता पार्टी नेतृत्वको भारत सरकारले रअलाई नेपालको राजनीतिमा हस्तक्षेप नगर्न निर्देशन दिएको बताइन्छ ।

नेपालको राजनीतिमा के–के हुन्छ, त्यसको गतिविधिको सूचना मात्रै संकलन गर्न रअलाई भनिएको स्रोतले जनाएको छ । नेपालमा चीनले बढाउँदै गएको माइक्रो म्यानेजमेन्टप्रति भारतलाई टाउको दुःखाईको विषय बनेको छ ।चीन सक्रिय भएका बेला रअ नेपाल स्टेशनमा फेरबदल गर्नुलाई विशेष महत्वका रुपमा हेरिएको छ । रअले नेपालमा आफ्नो कामलाई पूरै परिवर्तन गरेर रणनैतिक रुपमा अगाडि बढेको संकेत गरेको छ ।भारतले रअमार्फत नेपालमा आफ्ना विरुद्ध गतिविधि नहोस् भन्ने योजनालाई प्राथमिकतामा राखेको स्रोतले जनाएको छ ।नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरी पनि नेपालको राजनीतिमा देखिएर कुनै पनि गतिविधि गरेका छैनन् ।राजदूत पुरीले आफूलाई दृष्यमा नराखेर कुटनीतिक रुपमा कामहरू गर्दै आएका छन् ।पछिल्लो समय चीनले ठूला जलविद्युत आयोजनादेखि सिमेन्ट उद्योगमा लगानी बढाएसँगै भारतीय गुप्तचर संस्थाले आफ्नो सक्रियता बढाएको पनि बुझिएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

नेपाली प्रोफाइलमा खाता किन?

समाचार संग्रह गर्न तथा संग्रहित समाचार पढ्न सक्नुहुनेछ ।

नेपाली प्रोफाइलमा आफ्ना लेख प्रकाशित गर्न सक्नुहुनेछ ।

तपाईंको रुची अनुसारको समाचार पढ्न सक्नुहुनेछ ।

%d bloggers like this: