जैविक प्रयोग गर्नुको विकल्प छैनः कृषि मन्त्री पौडेल ।

                             लुम्बिनी मल्टीप्रपोज एग्रिकल्चर बुटवलमा

बुटवल, २४ असोज ।  प्रदेश नम्बर ५ की भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले अवको ५ बर्षमा उत्पादनलाई दोब्बर बढाउने गरी मन्त्रालयले योजना अगाडी बढाएको बताएकी छिन् । उनले किसानहरुलाई निर्वाह मुखि कृषिबाट व्यवसायीक बनाउने योजना मन्त्रालयले बनाएर अगाडी बढेको जानकारी दिदै सोही अनुसारको विकास गरी अवको पाँच बर्षमा कृषिजन्य उत्पादन दोब्बर हुने बताएकी हुन ।


लुम्बिनी मल्टीप्रपोज एग्रिकल्चर डेभलपमेन्ट प्रालिको बुटवलमा सुभारम्भ गर्दै कृषि मन्त्री पौडेलले प्रदेश सरकार नीजि क्षेत्र संग हातेमालो गर्न तयार भएको जानकारी दिदै यसको लागि विचौलिया भन्दा पनि किसानलाई उत्पादनको उचित मूल्य दिनुपर्ने र सोही अनुसारको धेरै नाफा नखाएर कृषिजन्य सामग्रीहरु उत्पादन विक्रि वितरण गर्नुपर्ने धारणा राखिन् । उनले प्रविधिमा सुधार गरी किसानलाई आत्मर्भिर बनाउन प्रदेश सरकारले कोठामुखि तालिम गोष्ठीलाई परिर्वतन गरी किसानहरुको अपेक्षा अनुसार सम्बन्धीत थलोमा नै प्रयोगात्मक रुपमा कृषिजन्य तालिम आयोजना गर्न लागिएको जानकारी दिईन् । मन्त्री पौडेलले भनिन्–‘प्रविधिमा सुधार गरी प्रदेशको कृषि लगायतका अन्य विकासको अवधारणा अगाडी बढाएका छौ ।’ रसायनीक मलको विकल्पमा जैविक मल प्रयो गर्ने सरकारको योजना अनुसार रोल्पा र रुकुम जिल्ला बाट जैविक जिल्ला(अर्गानिक)को रुपमा पहिचान बनाउनको लागि प्रस्ताव समेत आई सकेको मन्त्री पौडेलको भनाई रहेको थियो ।
किसानलाई ज्ञान, सिप र धारणाको विकासमा प्रविधिको मुख्य भुमिका रहेको भन्दै मन्त्री पौडेलले विचौलिया मोटाउने दिन अव गएको बताएकी हुन । उत्पादन र उत्पादकत्व वृद्धिमा सरकारको ध्यान गएको मन्त्री पौडेलको भनाई रहेको छ ।


यस्तै कार्यक्रममा ईन्टेन्सीप मल्टी प्रपोज एग्रीकल्चर डेभलमेन्ट कम्पनी प्रालि अन्नपुर्ण किसान फिड एण्ड फर्टिलाईजर विराटनकार बरिष्ठ कृषि बैज्ञानिक डा. गोविन्द पोखरेलले नेपाली जमिनमा रहेको माटो विस्तारै उत्पादकत्व कमी हुदै जाँदा यसको आयु समप्त हुदै गएको बताए । उनले यसको लागि अवको अन्तीम विकल्प भएको जैविक मल, विषादीको प्रयोग गरी अर्गानिक उत्पादनमा जोड दिएका थिए । हरेका १० किलोमिटर क्षेत्रफलमा हावापानीको प्रवलता फरक फरक भएको नेपालको हावापानी रहेको मा त्यसमा ठोस ध्यान जान नसकेकको कारण नेपालको कृषि क्षेत्रमा आशाति विकास नभएको उनले बताए ।
कार्यक्रममा बोल्दै लुम्बिनी मल्टी प्रपोज एग्रीकल्चर डेभलपमेन्ट प्रालिका अध्यक्ष कृष्ण प्रसाद पोखरेलले यस क्षेत्रमा अर्गानिक मल, राईबोजिम, आर्गानिक विषादी, लगायत अन्य विभिन्न अर्गानि उत्पादन ईन्टेन्सिभ मल्टीप्रर्पोज एग्रीकल्चर डेभलमेन्ट प्रालि काठमाण्डौको सहकार्यमा प्रदेश ५ का सबै जिल्लाहरुमा विक्रि वितरण गर्ने योजना बनाएको जानकारी दिए ।
कार्यक्रममा प्रदेश सभा सदस्य तुल बहादुर घर्ती(बसन्त), अर्का प्रदेश सभा सदस्य कुल प्रसाद पोखरेल, लुम्बिनी मल्टी प्रपोज एग्रीकल्चर डेभलपमेन्ट प्रालिका सञ्चालक रघुपती चुदादी, बुटवल वडा नम्बर ९ का वडाअध्यक्ष विष्णु बहादुर थापा लागयतले बालेका थिए ।
फोटो समावेश गरिएको छ ।

भर्खरै प्रकाशित

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा बालगृहमा रात्रीभोज

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीले आइतबार लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा रात्री भोज कार्यक्रम गरेको छ । जनपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा बालगृहमा उक्त कार्यक्रम गरिएको…