‘वामदेव कामरेड चुनाव लड्ने हो भने नेकपाका सांसद जो पनि छोड्न तयार छौँ, म पनि तयार छु’

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायातमन्त्री एवम् नेकपाका स्थायी समिति सदस्य रघुवीर महासेठले आफ्नो पार्टीका नेता वामदेव गौतम चुनाव लड्ने भनेर पार्टीभित्र आधिकारिक निर्णय नभएको स्पष्ट पारेका छन् ।

उहाँले भन्नुभयो, ‘वामदेव कामरेड चुनाव लड्ने भनेर पार्टीभित्र निर्णय भएको छैन् । मिडियामा आएको कुरा झुठै हो भनेर म भन्न सक्दिन् । उहाँले देशको परिस्थिति बुझ्नुभएको छ ।

पार्टीका नेता, कार्यकर्ताको मनोभावना बुझ्नुभएको छ । तर, उहाँ चुनाव लड्नुहुन्छ भनेर मलाई चाहिँ व्यक्तिगत रुपमा विश्वास छैन् । यदि लड्नुभयो भने उहाँलाई सिंगो पार्टी एक भएर विजयी बनाउँछौँ ।’

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री महासेठले भन्नुभयो, ‘वामदेव कामरेड चुनाव लड्ने भनेर न पार्टीभित्र आधिकारिक निर्णय भएको छ, न त उहाँ आफैले निर्णय गर्नुभएको छ । उहाँ चुनाव लड्न तयार हुनुभयो भने उहाँको लागि छोड्न माननीयहरु तयार हुनुहुन्छ ।

अहिले माननीय सांसद रामवीर मानन्धरले राजीनामा दिने भनेर भन्नुभएको छ । तर, राजीनामा दिनुभएको छैन । र, उहाँले राजीनामा दिन जरुरी पनि छैन् । जबसम्म पार्टीको निर्णय हुँदैन्, तबसम्म राजीनामा दिन जरुरी छैन् ।

पार्टीले निर्णय गर्यो भने म पनि छोड्न तयार छु । पार्टीले निर्णय गरे हामी जोसुकै निर्वाचित सांसद पनि छोड्न तयार छौं । हाम्रो पार्टीको निर्णय अगाडि व्यक्तिको केही चल्दैन् ।’

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

नेपाली प्रोफाइलमा खाता किन?

समाचार संग्रह गर्न तथा संग्रहित समाचार पढ्न सक्नुहुनेछ ।

नेपाली प्रोफाइलमा आफ्ना लेख प्रकाशित गर्न सक्नुहुनेछ ।

तपाईंको रुची अनुसारको समाचार पढ्न सक्नुहुनेछ ।