सर्लाही: आफ्नो पार्टीका नेताको हत्यारालाई तत्काल कार्वाहीको माग गर्दै काँग्रेस आन्दोलित

सर्लाही: आफ्नो पार्टीका नेताको हत्यारालाई तत्काल कार्वाहीको माग गर्दै काँग्रेस आन्दोलित

सर्लाही, १४ कात्तिक । आफ्नो पार्टीका नेतालाई सत्तारुढ दलका कार्यकर्ताले हत्या गरेको भन्दै सर्लाहीमा नेपाली काँग्रेस आन्दोलित भएको छ । सर्लाहीको निर्वाचन क्षेत्र नं. ४ का ५५ वर्षीय रामविलास महतोको हत्या घटनालाई लिएर काँग्रेसले दोषीलाई कारबाहीको माग गर्दै आन्दोलित भएको हो ।

कांग्रेसले मृतकलाई शहीद घोषणा गर्नु पर्ने र घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था गर्नु पर्ने माग पनि गरेको छ । किटानीका साथ उजुरी दिइएकाले दोषीलाई तत्काल कारबाही नभए सम्म आन्दोलन जारी राख्ने बताउदै स्थानीय नेताहरुले आज सदरमुकाम मलंगवामा प्रदर्शन पनि गर्ने तयारी गरेका छन् ।

त्यस क्षेत्रबाट निर्वाचित काँग्रेसका संघीय सांसद अमरेससिंहले शव सहित प्रदर्शन गर्ने र सदरमुकाम घेराउन गर्ने बताउनु भएको छ । उक्त घटनामा एकै वडाका महादेव राय, बिबेक महतो, प्रमोद सहनी, भोजेन्द्र महतो, श्रीनारायण महतो, प्रेम नारायण महतो, मुकेश प्रसाद महतोलाई गोलीको छर्रा लागेको छ । यस्तै घाइते लिन गएको एम्बुलेन्स समेत उनीहरुले तोडफोड गरेको प्रहरीले जनाएको छ ।

हिजो बिहान ७ वजे नेकपाका कार्यकर्ताहरु एक्कासी २ सयको संख्यामा आएर कुटपिट तथा गोली चलाउँदा वडा नं. ४ का वडा अध्यक्ष रामनरेश महतोको काका राम बिलास महतोको मुख र पेटमा गोली लागि घटनास्थलमै ज्यान गएको पिडित पक्षको भनाई छ ।

कुटपिटको घट्नाबाटै संभावित हाताहातिबारे प्रशासन चनाखो हुनुपर्नेमा नेकपाको डर, त्रासमा प्रहरीले सुरक्षा प्रदान गर्न नसकेको काँग्रेसको आरोप छ । घटनाका बारेमा बुझ्न र विवाद सुल्झाउन काँग्रेसका उपसभापति विमलेन्द्र निधि आज घटनास्थल जानुहुने भएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

नेपाली प्रोफाइलमा खाता किन?

समाचार संग्रह गर्न तथा संग्रहित समाचार पढ्न सक्नुहुनेछ ।

नेपाली प्रोफाइलमा आफ्ना लेख प्रकाशित गर्न सक्नुहुनेछ ।

तपाईंको रुची अनुसारको समाचार पढ्न सक्नुहुनेछ ।