कार्यक्रमको बहाना बनाएर राष्ट्रपति युरोप घुम्न जाने

कार्यक्रमको बहाना बनाएर राष्ट्रपति युरोप घुम्न जाने

काठमाडौं, १८ कात्तिक । आफ्नो दोस्रो कार्यकालको पहिलो विदेश भ्रमण पूरा गरी गत बिहीवार कतारबाट स्वदेश फर्किएकी राष्ट्रपति विद्यादेवी भण्डारी एक महिनापछि यूरोप भ्रमणमा जाने तयारीमा जुटेकी छिन् । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।भण्डारी आगामी मंसिर दोस्रो साता पोल्यान्ड भ्रमणमा जाने राष्ट्रपति कार्यालयले जनाएको छ । जलवायु परिर्वतन सम्बन्धी राष्ट्रसंघीय अन्तर्राष्ट्रिय सम्मेलनमा राष्ट्रपति भण्डारी सहभागी हुने भएसँगै भ्रमणको तयारी अघि बढाइएको हो । दुई साता लामो राष्ट्रसंघिय २४ औं वार्षिक सम्मेलन आगामी मंसिर १६ देखि पोल्यान्डको काटोइसमा शुरु हुँदैछ ।

आयोजकले यसपटक अन्य मुलुकका राष्ट्र तथा सरकार प्रमुखलाई पनि निम्तो पठाएको छ । सरकारले राष्ट्रपतिको भ्रमणको औपचारिक निर्णय गर्न भने बाँकी छ । त्यस्तो निर्णय हुन बाँकी भएपनि भ्रमणबारे राष्ट्रपतिले चासो लिएसँगै यसबारेको तयारी अघि बढिरहेको राष्ट्रपति कार्यालयका एक अधिकारीले बताए ।सम्मेलनमा नेपालले उठाउनुपर्ने एजेन्डा, विगतमा नेपालको सहभागिता, हालसम्म प्राप्त उपलब्धी जस्ता विषयमा राष्ट्रपति कार्यालयले वन तथा वातावरण मन्त्रालयसँग चासो लिएको बताइएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

नेपाली प्रोफाइलमा खाता किन?

समाचार संग्रह गर्न तथा संग्रहित समाचार पढ्न सक्नुहुनेछ ।

नेपाली प्रोफाइलमा आफ्ना लेख प्रकाशित गर्न सक्नुहुनेछ ।

तपाईंको रुची अनुसारको समाचार पढ्न सक्नुहुनेछ ।