अबान्छित गतिबिधि गर्ने छुट कसैलाई छैन ः डिआइजी अधिकारी

५ दिनको अबधिमा २ लाख २७ हजार ५ सय १७ मुल्यको बराबरको पटका बरामद

१९ कार्तिक,बुटवल ।
प्रदेश ५ का प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक (डिआइजी) पिताम्बर अधिकारीले चाडपर्वमा अबान्छित गतिबिधि गर्ने छुट कसैलाइ नहुने बताएका छन् ।


उनले तिहार छठ नेपालसम्बत जस्ता चार्डपर्वको मौकामा संगठित अपराध गर्नेहरु कानुनी कठघरमा ल्याएरै छाड्ने ठोकुवा गरे ।
रिपोर्टर्स क्लव प्रदेश ५ को साक्षात्कार कार्यक्रममा बोल्दै उनले जनताको जनधनको सुरक्षाका लागि प्रहरी प्रशासन प्रतिबद्ध रहेको बताए । उनले सुरक्षा बिना बिकास सम्भब नभएको प्रष्ट गर्दै नेपाल प्रहरीले समग्र नागरिकको सहकार्य चाहेको बताए ।
‘पटका ल्याउन,बेच्न,पट्काउन केहि गर्न पनि पाइदैन,यो ५ दिनको अबधिमा २ लाख २७ हजार ५ सय १७ मुल्यको बराबरको पटका बरामद गरेका छौं ।’
पक्राउ परेकाहरुलाइ बिस्पोटक पदार्थ सम्बन्धि मुद्धा दर्ता भैसकेको उनले बताए ।


प्रदेश ५ मा ५० लाख जनसंख्याको लािग १० हजार प्रहरी मात्रै रहेको भन्दै यो संख्या थोरै भएकाले समयसापेक्ष बनाउनुपर्ने बताए ।
‘शान्ति सुरक्षा र अपराध नियन्त्रणको काम र कर्तब्यमा कोहिपनि बिचलित हुनुहुन्न,कहिकतै अबान्छित घटना हुन दिन्नौं ।’उनले भने ।
प्रदेश न ५ मा ठूला ब्यापारिक नाका रहेको भन्दै उनले सडकमा हुने अराजकता पनि रोक्ने प्रतिबद्धता जनाए । ‘सीमा क्षेत्रबाट ठूला ठूला ट्रक पनि छोप्यौं ओभरलोड बोक्ने नियन्त्रणमा राखेका छौं ,सडकमा कानुनको खिल्ली उठाउने कसैलाइ अधिकार छैन ।’
उनले प्रदेश ५ मा ट्राफिक ब्यबस्थापनमा नया ठोस योजनामा नया नियम ल्याउदै गरेको समेत जानकारी दिए ।
उपमहानगरहरुमा नो हर्न एरिया तोक्ने र स्पीड नियन्त्रण गर्ने अभियान केहि दिनमा शुरु हुने उनको भनाइ छ ।
‘यो प्रदेशमा मुख्य गरि लागु औषध ,सवारी दुर्घटना र महिला हिंसा सबैभन्दा चुनौतीको रुपमा छन् ,हामीले यस्लाइ न्युनिकरणतर्फ रणनीति नै बनाएर लागेका छौं ।’
साक्षात्कार कार्यक्रम रामकुमार क्षेत्रीको अध्यक्षतामा र कपिल ज्ञवालीको संचालनमा सम्पन्न भएको हो ।

भर्खरै प्रकाशित

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा बालगृहमा रात्रीभोज

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीले आइतबार लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा रात्री भोज कार्यक्रम गरेको छ । जनपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा बालगृहमा उक्त कार्यक्रम गरिएको…