किन सर्न लाग्यो मुटु अस्पताल ?

बुटवलमा सन्चालित गौतम बुद्ध सामुदायिक मुटु अस्पतालले सुरु गर्न लागेको सिटि स्क्यान उद्घघाटन समारोहमा तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले आफ्नो सुभकामना मन्तब्यका क्रममा उदघोष गरे अस्पतालले बुटवलमा जग्गा पाउदैन भने तिलोत्तमा नगरपालिकाले उपलब्ध गराउने छ ।

घिमिरेको उक्त मन्तब्यले कार्यक्रममा सहभागिहरुका बिचमा मात्र होईन आम बुटवल बासिहरुमा तरंग ल्याई दियो । ओ हो कतै अस्पताल बुटवल छोडेर अन्यत्र जाने त होईन ? हामीले घर दैलोमा पाएको सेवा अलि टाढा जाने त होईन ?।
उक्त कार्यक्रममा बोल्ने सबैजसो बक्ताहरुको मन्तब्य अस्पतालको जग्गाकै बिषयमा थियो । सबैको चिन्ता समुदायले सञ्चालन गरेको अस्पतालले जग्गा अभावमा साघुरिने हो कि भन्ने नै थियो । अस्पतालका अध्यक्ष एजाज आलम आफ्ना हरेक कार्यक्रममा अस्पतालको जग्गा प्राप्तीको प्रक्रियामा रहेको जग्गा प्राप्त गर्ना साथ अत्याधुनिक र सुबिधा सम्पन्न भवनमा बिरामीहरुलाई सेवा दिने प्रतिबद्धता दिई रहन्थे ।
यस पटक उनले अस्पताललाई जग्गा अभाव भएको कुरालाई दोहो¥याए तर जग्गा प्राप्तीको निराशाजनक अवस्था बोल्न चाहेन किनकी जग्गा प्राप्तीको फाईल मन्त्रालय र बिभाग गरी यताउता गर्दै अलमलीई रहेको थियो त्यसैले कहिले सम्म अत्याधुनीक भवन बनाएर सेवा दिन्छौ भनेर आश्वासन दिई रहने ? तर आलमको अप्ठेरो घिमिरेले बुझे । उनले यो पनि बुझे यो अस्पतालले धेरैको ज्यान बचाएको छ, अर्झै धेरैको ज्यान बचाउन सक्छ ।
बासुदेव घिमिरेको मन्तब्यले अस्पतालको सन्चालक समिती र सदस्यहरुमा उत्साह ल्याई दियो । उनले दिएको आश्वासनले अव अस्पताल दीर्घकालीन रुपमा चल्न सक्छ ।

रुपन्देही उद्योग संघले सूरु गरेको उक्त अस्पतालका सुभेच्छुक र साझेदारहरुको संख्या थपिएको छ । स्थानिय रोटरी क्लवहरुदेखि रोटरी ईन्टरनेशनल सम्मले आर्थिक साझेदारी गरेका छन जुन दानको रुपमा रहेको छ ।
त्यसैले पनि पाएको उपयुक्त मौका फुत्काउनु हुदैन भन्ने धारणाका साथ अस्पतालको कार्यसमितीले तिलोत्तमा नगरपालिकाले उपलब्ध गराउने भनेको प्रस्ताबित क्षेत्रको अवलोकन ग¥यो जुन अस्पताललाई अत्यन्तै उपयुक्त थियो ।
हाल सन्चालनमा रहेको भवन सानो र सांघुरो भएको , स्वास्थ्य मन्त्रालयको २०७७ सम्ममा स्वास्थ्य सेवा ऐन र अस्पताल सञ्चालन निर्देशिका २०७१ अनुसारको मापदण्ड बमोजिम सञ्चालन गर्नुपर्ने निर्देशन, र प्रस्ताव गरिएको रामनगर सामुदायिक बन नजिकैको जग्गामा रहेको राजनितीक र स्थानियका नाममा गरेको किचलोले गर्दा हैरानी ब्यहोरेको अस्पतालका सञ्चालकहरुको टिमले सहज र सरल बिकल्प पाउदा नसर्ने भन्ने प्रश्न नै उठदैनन ।
यसै बिच अस्पतालका अध्यक्ष आलमले सामाजिक सन्जालमा गरेको पोष्टले साच्चै नै अस्पतालका लागि जग्गा बुटवलमा उपलब्ध हुन सकेन र तिलोत्तमामा नै अस्पताल सर्छ भन्ने संकेत देखिएको छ ।
आलमको स्टाटस गौतमबुद्ध सामुदायिक मुटु अस्पताल २०७० साल पौष १० गते देखि भाडाको घरमा संचालन हुदै आएको छ । संचालन भएको ५ वर्षमा पनि प्रस्ताव गरिएको रामनगर अवस्थीत बनको जग्गा अहिले सम्म प्राप्त गर्न सकेका छैनौ । बिरामीको चाप दैनिक बडदो छ अस्पताल संचालनका लागी ४ वटा घर भाडामा लिइ सक्यौ तर पनि ठाउको अभाव भइ रहेको छ । आउने दिनमा बिरामीको चाप यो ठाउले थेक्न सक्दैन ।
१ वर्ष भित्र अस्थाइ संरचना बनाएर भए पनि अस्पताल सार्ने आट गरेका छौ । हाम्रो प्रयास बुटवलको रामनगरमै अस्पताल निमार्ण गर्ने होे तर हामीलाई जग्गा कहिले प्राप्त हुन्छ त्यसको कुनै निश्चीत भएन अझ बर्साै लाग्न सक्छ त्यसैले अन्य जग्गाहरु पनि हेर्नु हाम्रो बाध्यता हो ।

अस्पतालले हालैमात्र शुरु गरेको सीटी स्क्यान सेवा उदघाटनको अवसरमा तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले बुटवलमा जग्गा प्राप्ती गर्न ढिलाई भए तिलोत्तमा नगरपालिकाले अस्पतालको लागि जग्गा उपलब्ध गराउन तयार रहेको बताए पछि अस्पतालको संचालक समितीले तिलोत्तमा नगरपालिका वडा नं.४ दश नं. स्थीत सार्वजनिक जग्गाको अवलोकन गरेको छ ।
आलमको यो सामाजिक सन्जालमा रहेको पोष्ट पछि धेरै प्रतिकृया आएका छन कतिपयले अस्पताललाई तिलोत्तममा स्वागत गरेका छन भने कतिपयले अव त बुटवलमा पनि जग्गा पाईएला नि भनेका छन भने कतिपयले जहा भए पनि अस्पतालले जग्गा पाउनु पर्छ ।

जे होस अस्पताल जुन स्थानमा र जे जस्तो अवस्थामा छ त्यो स्थान र अवस्था अव अस्पतालका लागि उपयुक्त देखिदैन ठाउ पुगेन भन्दै वरीपरिका घर लिदै अस्पताल कहिले सम्म थेग्ने हो ? जटिल समस्या छ,।                                       “हो बुटवलले बुझ्न नसकेकै हो अस्पतालको पिडा र बिरामीको आबश्यकता , हो रामनगरले बुझ्न नसकेकै हो अस्पतालको महत्व । होईन भने आफ्नै आगनमा रहेको गैरनाफामुखी अस्पताल किन सर्न लाग्यो ? यसको कारण केहो हामी कहा चुक्यौ किन राख्न सकेनौ सायद छलफल नै भएको देखिएन ” ।

राजनितीक दाउपेचले बनेन वा चासो दिनुपर्नेहरुले प्रयाप्त चासो दिएनन, वा वन जती मेरै हो यिनिहरुलाई दिन हुन्न थाले भन्ने मानसिकताका कारण जग्गा उपलब्ध भएन त्यो आफ्नो ठाउमा छ तर तिलोत्तमा नगरमा जादैमा बुटवलले तर्सि हाल्ने तथा बुटवल र तिलोत्तमा लाई अलग र टाढा टाढाको ठान्ने हो भने हामीले कल्पना गरेको महानगर समेत बन्न सक्दै त्यसैले दुरी नजिक हुद हुदै पनि दुई नगरका पराई जस्तो र प्रतिस्पर्धी देख्ने अवस्थाको भने अन्त्य हुनु जरुरी छ ।

साभार :- समय चक्र 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

नेपाली प्रोफाइलमा खाता किन?

समाचार संग्रह गर्न तथा संग्रहित समाचार पढ्न सक्नुहुनेछ ।

नेपाली प्रोफाइलमा आफ्ना लेख प्रकाशित गर्न सक्नुहुनेछ ।

तपाईंको रुची अनुसारको समाचार पढ्न सक्नुहुनेछ ।