पाँच बर्षमा प्रतिव्यक्ति आय वार्षिक दुई हजार अमेरिकी डलर पु¥याउने प्रदेश ५ सरकारको लक्ष्य

बुटवल, २९ कार्तिक । पाँच बर्षमा प्रतिव्यक्ति आय वार्षिक दुई हजार अमेरिकी डलर पु¥याउने प्रदेश ५ सरकारको लक्ष्य छ । जसको लागि प्रदेश योजना अयोग प्रदेश ५ ले पाच“ बर्षे आवधिक योजना तर्जुमामा जुटेको छ ।


पाँच वर्षमा गरिबी १० प्रतिशतमा झार्ने र प्रतिव्यक्ति आय वार्षिक दुई हजार अमेरिकी डलर पु¥याउने लक्ष्य सहित प्रदेश ५ सरकारले आवधिक योजना तर्जुमाको तयारी थालेको छ ।
प्रदेशको योजनावद्ध दिगो विकास र समृद्धिका लागि प्रदेश सरकारले आर्थिक वर्ष २०७६÷७७ देखि २०८०÷८१ सम्मको पञ्चवर्षीय योजना बनाउन लागेको हो । योजना तर्जुमाका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले प्रदेश योजना अयोग मार्फत छलफल प्रारम्भ गरिसकेको छ । प्रदेशका १२ वटै जिल्लामा अन्तरक्रिया गर्ने गरि योजनाको आधारपत्रतयार गरिरहेको अयोगले जनाएको छ ।
समष्टिगत आर्थिक क्षेत्र, पूर्वाधार, कृषी, शुशासन, सामाजिक आर्थिक क्षेत्रलाई ५ वटा कार्यदलमा बिभाजन गरि योजनाको मस्यौदा तयार गर्ने योजना आयोगले बताएको छ । चैत्र मसान्त सम्म पूर्णता दिने र आगमि आर्थिक बर्षदेखी पञ्चिबर्षिय आवधिक योजना लागू गर्ने अयोगका सदस्य विष्णु प्रसाद गौतमले जानाकारी दिए ।


प्रदेश योजना आयोगले २९.९ प्रतिशत रहेको वहुआयामिक गरिबीको दर पाँच वर्षमा १० प्रतिशतमा झार्ने, प्रतिव्यक्ति आय वार्षिक १०१२ अमेरिकी डलरबाट २ हजार डलर, औसत आयु ६७.५ वर्षबाट ७२, बाल मृत्युदर ४२.४ बाट ३० प्रतिशत (प्रतिहजारमा )झार्ने लक्ष्य निर्धारण गरिएको छ ।यस्तै खानेपानी सुविधा ८६ प्रतिशतबाट ९५ प्रतिशत, विद्युत आपुर्ति ६६ प्रतिशतबाट शत प्रतिशत, कृषि सिञ्चित क्षेत्र ५० प्रतिशतबाट ७० प्रतिशत र इन्टरनेटको पहुच १.३ प्रतिशत घरबाट ५० प्रतिशत पु¥याउने लक्ष्य आवधिक योजनाको अवधारणामा उल्लेख गरिएको छ ।
आवधिक योजना कार्यान्वयनमा आएपछि खाद्यान्न, माछा मासु, दूध, फलफूल र तरकारी उत्पादनमा प्रदेश आत्मनिर्भर भई निर्यात गर्नसक्ने बन्ने, प्रादेशिक ग्रार्हस्थ उत्पादनमा औद्योगिक क्षेत्रको योगदान एक चौथाई र्पुयाउने, पर्यटनमा मुख्य हबको रुपमा विकास हुने र जिल्लागत विकासको असन्तुलनमा कमी आउने लक्ष्य रहेको छ ।प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले कृषिलाई प्रदेशको समृद्धिको प्रारम्भविन्दु त्यसपछि औद्योगिकरण र पर्यटनलाई समृद्धिको आधार बनाइने बताएका छन् । प्रदेश ५ मा रहेका १२ जिल्लाको २०६८ को जनगणना अनुसार ४४ लाख ९९ हजार जनसंख्या रहेको छ । यो प्रदेशको अर्थतन्त्रमा कृषि क्षेत्रले सबैभन्दा बढी ४५ प्रतिशत योगदान दिएको छ ।

भर्खरै प्रकाशित

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा बालगृहमा रात्रीभोज

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीले आइतबार लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा रात्री भोज कार्यक्रम गरेको छ । जनपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा बालगृहमा उक्त कार्यक्रम गरिएको…