प्रदेश ५ मा दशैँ तिहारमा दुर्घटनामा ४१ को मृत्यु

दाङ ।
प्रदेश नं ५ मा दशैँ तिहारमा ३६७ सवारी दुर्घटनामा ४१ जना मानिसको ज्यान गएको छ । प्रदेश नं ५ प्रहरी कार्यालय तुलसीपुर दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले दिनुभएको जानकारीअनुसार ती सवारी दुर्घटनामा परी ६६२ घाइते भएका छन् ।

घाइतेमध्ये केही उपचारपछि घर फर्किसकेका र केही भने विभिन्न अस्पतालमा उपचाररत रहेका छन् । दशैँ तथा तिहारलाई लक्षित गरेर प्रदेश नम्बर ५ का १२ वटै जिल्लामा प्रहरी उच्च सुरक्षा सतर्कतासमेत अपनाएको थियो ।

यसरी सबैभन्दा बढी दुर्घटना हुने सवारी साधनमा २६४ मोटरसाइकल, ५२ जीपकार, २१ बस, ट्र्याक्टर १७, ट्रक, ट्र्याङ्कर १२ , माइक्रो पाँच, टिपर चार, टेम्पो चार, रिक्सा ३१ र अन्य गरी ४५४ सवारी साधन दुर्घटनामा संलग्न रहेका छन् । सबैभन्दा बढी सवारी दुर्घटना बाँके जिल्लाका रहेका छन् । त्यसैगरी दोस्रोमा रुपन्देही र तेस्रोमा दाङ रहेको छ ।

सो अवधिमा नियम विपरीत सवारी साधन चलाउने १७ हजार ३६२ चालकलाई कारवाही गर्दा रु एक करोड १० लाख सात हजार राजश्व सङ्कलन भएको पनि प्रवक्ता मल्लले जानकारी दिनुभयो ।

त्यसैगरी सो अवधिमा ५ नम्बर प्रदेशमा भन्सार छली गरी अवैध सामान ओसारपसार गर्न १७ मानिस र चार वटा सवारी साधनलाई पक्राउ गरी रु ३१ लाख ६० हजार १८१ भन्सारमा दाखिला गरेको पनि मल्लले जानकारी दिनुभयो ।

भर्खरै प्रकाशित

रोट्र्याक्ट क्लव अफ भरतपुर हाईटको पदस्थापना सम्पन्न , वर्ष २०२१-२२को…

रोट्रयाक्ट क्लब अफ भरतपुर हाईटले आफ्नो तेस्रो पदस्थापना समारोह भव्यताका साथ सम्पन्न गरेको छ। रोटरी क्लव अफ भरतपुरद्वारा स्पोन्सर गरिएको यस क्लव निस्वार्थ भावनाले समाजलाई…

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…