बुटवलमा १९ जना जुवाडे पक्राउ

१४ कार्तिक, बुटवल । तिहार नजिकिदै गर्दा इलाका प्रहरी कार्यालय बुटवलले सुक्खानगर, ट्राफिकचोक र कालिकानगरबाट १९ जना जुवाडेलाई पक्राउ गरेको छ ।
प्रहरीले बुटवलको ट्राफिकचोक होटल झिमाबाट ८ जना जुवाडे र नगद ३ लाख ९४ हजार रुपयाँ नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा बुटवल ४ का लोकनाथ न्यौपाने, टीका क्षत्री , तिलोत्तमा ७ का राजाराम यादव, पाल्पाका राम प्रसाद श्रेष्ठ रहेका छन ।


त्यस्तै कालिकानगर स्थित कुसुम खड्काको घरबाट ५ जना जुवाडे र ८४ हजार नगद नियन्त्रमा लिएको छ । बुटवल ११ कालिकानगर बस्ने कुसुम खड्काबाट रु १७ हजार, सोही स्थानका मुक्त गापाबाट ३० हजार, गुल्मी रुरु ४ स्थायी घर भई हाल बुटवल ११ बस्ने रेशम खड्काको साथबाट १७ हजार ५ सय, तिलोत्तमा नगरपालिका ३ बस्ने रामच्रन्द्र गौतमबाट ३९ हजार ५ सय र जुवाको खालबाट एक बुक तास तथा ५ हजार रुपैयाँ गरी ८२ हजार रुपैयाँ बरामद गरीएको इलाका प्रहरी कार्यालय बुटवलका डि.एस.पी. डिल बहादुर मल्लले बताए ।
यस्तै सुक्खानगर स्थित रेनुका थापाको घरबाट १२ गते वडा प्रहरी कार्यालय रामनगरले ६ जना सहित ३५ हजार नियन्त्रमा लिएको छ ।

पक्राउ पर्नेमा ४ जना पुरुष रहेका छ्न भने २ जना महिला रहेका छ्न । रेनुका थापाको घरमा तास खेलेका उनिहरुलाइ पक्राउ गरेको हो । पक्राउ पर्ने मा कृष्ण थापा, बेदथापा, बेदराज खनाल, घनश्याम बस्याल, सिमा शाहि र रेणुका थापा प्रहरीलाइ प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूबाट प्रहरीले नगद ४८ हजार एक सय साठी रुपैया फेला पारेको वडा प्रहरी कार्यालय रामनगरका प्रहरी निरीक्षण हेम बहादुर के सीले बताए ।
जुवा खेलिरहेको अवस्थामा नगद सहित पक्राउ परेका सबैलाई जुवा ऐन अन्तर्गत कारवाही प्रक्रिया आगडि बढाउने प्रहरीले जनाएको छ ।

भर्खरै प्रकाशित

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा बालगृहमा रात्रीभोज

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीले आइतबार लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा रात्री भोज कार्यक्रम गरेको छ । जनपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा बालगृहमा उक्त कार्यक्रम गरिएको…