शारीरिक र मानसिक रुपमा स्वस्थ रहन अदुवा

एजेन्सी । अदुवामा रहेका पोषक तत्वहरु र यौगिकहरु मानिसहरुलाई शारीरिक र मानसिक रुपमा स्वस्थ राख्नका लागि फाइदाजनक साबित भएको छ ।दैनिक दाल र तरकारीमा प्रयोग हुने अदुवा स्वास्थ्यका दृष्टिले पनि उत्तिकै महत्वपूर्ण छ ।

अदुवाबाट घरमै विभिन्न प्रकारको घरेलु उपचार गर्न सकिन्छ ।अदुवा सर्वप्रथम चीनमा प्रयोग भएको थियो । यसलाई परम्परागत र वैकल्पिक औषधीको रुपमा प्रयोग भएका लामो इतिहास छ । यसले पाचन शक्ति बढाउनुका साथै वाकवाकीलाई रोक्ने रुघाखोकी लाग्ने समस्याबाट बचाउँछ । अदुवालाई ताजा, सुकेको, धुलो वा जुस र तेल जुनसुकै रुपमा प्रयोग गर्न सकिन्छ ।

सामुद्र पार गर्दा हुने स्वास्थ्य समस्यादेखि क्यान्सरका विरामीलाई केमोथोरापी गर्दा समेत अदुवा उपयोग हुन्छ ।विशेष गरी गर्भवती महिलाहरुलाई वाकवाकी लाग्दा यसको अत्यधिक उपयोग हुन्छ । अदुवाको उपयोग बारे केही महिनाअगाडि गर्भवती महिलामाथि गरिएका १२ अध्ययनमा अदुवाको उपयोग पुष्टि भएको छ । अध्ययनमा बढीमा १ दशमलब ५ ग्राम दैनिक अदुवा खाएका गर्भवती महिला वाकवाकी, टाउको दुखाई, रिंगटा जस्ता ‘मर्निङ सिकनेस’का समस्याबाट धेरै हदसम्म छुट्कारा पाउने देखिएको थियो ।

मांसपेशी वा घुडाँका जोर्नी दुख्ने समस्या छ रु अदुवामा हुने दुखाइ कम गर्ने तत्वहरुले यस्तो पीडा रोक्न सक्छ । अदुवाको रस लगाएर नहाउँदा मांशपेशी र जोर्नीको पीडा घट्छ । दैनिक दुई ग्राम अदुवाको धुलो ११ दिनसम्म खाँदा माशंपेशीको दुःखाई कम गर्ने विभिन्न अध्ययनहरुले देखाएका छन् । अदुवाको तेल लगाएर नुहाँउदा तत्कालै प्रभाव नपरे पनि बिस्तारै निको हुँदै जाने चिकित्सकहरुको विश्वास छ ।

अदुवाले शरिरमा चिनिको मात्रा र मुटुको रोगको खतराबाट पनि जोगाउँछ । अदुवाले शरिरमा सुगरको मात्रा घटाउने विषय नयाँ भए पनि यसमा चिनिप्रतिरोधी तत्वहरु हुन्छ । यसै वर्ष गरिएको एक अध्ययनमा दैनिक दुई ग्राम अदुवाको धुलो सेवन गर्नेको शरिरमा सुगरको मात्रा १२ प्रतिशतले घटेको थियो ।महिलालाई महिनाबारी हुँदा पेट दुःख्ने समस्याबाट मुक्ति पाउन पनि अदुवाले औषधीको काम गर्छ । रजस्वला हुँदाको पहिलो तीन दिन पेट दुःखाईको पिडाबाट बच्न हरेक दिन १ ग्राम अदुवाको धुलो सेवन गर्दा पेट दुख्ने समस्या हट्छ ।

अदुवामा क्यान्सरबाट जोगाउने महत्वपूर्ण पदार्थ रहेको हुन्छ । अदुवालाई प्रशोधन गरी बनाएको पदार्थ विभिन्न प्रकारका क्यान्सरको उपचारका लागि उपयोगि हुने यसअघिको अध्ययनले पुष्टि गरिसकेको छ ।तपाईन्लाई भोक लागेको छैन रु यदि तपाईलाई खानामा रुची छैन भने दैनिक एक गिलास ताजा अदुवाको जुस खाली पेटमा खानुहोस्, तपाईँको भोक नलाग्ने समस्या हट्छ । यसले पाचन प्रणालीलाई बलियो बनाउँछ ।

अदुवाले हामीले खाएको खानाबाट प्राप्त हुने आधारभूत पोषणलाई शरिरमा सोस्न सहयोग पु¥याउछ ।यसले शरिरका स¥साना रक्त प्रबाह नलिलाई खुलाइदिन्छ ।उकुसमुकुस वा वाकवाकी भइरहन्छ रु अदुवा चपाउनुहोस । विशेषगरी महमा मिसाएर अदुवा चपाउँदा वान्ता आउने समस्या समाधान गर्छ ।

भर्खरै प्रकाशित

रोट्र्याक्ट क्लव अफ भरतपुर हाईटको पदस्थापना सम्पन्न , वर्ष २०२१-२२को…

रोट्रयाक्ट क्लब अफ भरतपुर हाईटले आफ्नो तेस्रो पदस्थापना समारोह भव्यताका साथ सम्पन्न गरेको छ। रोटरी क्लव अफ भरतपुरद्वारा स्पोन्सर गरिएको यस क्लव निस्वार्थ भावनाले समाजलाई…

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…