क्लवका सदस्यहरुको स्मृतिमा लनटेनिस प्रतियोगिता

बुटवल, २२ मंसिर । रोटरी क्लव अफ तिलोत्तमा रुपन्देही सञ्चालन गरेको दोस्रो जिल्ला स्तरीय खुल्ला जुनियर लन टेनिस प्रतियोगिता सकिएको छ । प्रतियोगितामा तीन उमेर समुहमा भएको प्रतियोगितामा ८ वर्ष मुनिको समुहबाट ओसन थापा प्रथम, डिप्पल रजाली द्वितीय, निश्चल ज्ञवाली र सनवास मिया तृतीय भएका छन् ।

त्यस्तैगरी १० वर्ष मुनीको उमेर समुहबाट पुरुष तर्फ व्रिजेश अर्याल प्रथम, योगेश ज्ञवाली द्वितीय, यमन राना र अजय पौडेल तृतीय भएका छन् भने महिला तर्फ अग्रिमा ढुंगाना प्रथम र रीतिसा एसी द्वितीय भएका छन् । १४ वर्ष मुनीको उमेर समुहमा पुरुष तर्फ रितेश ज्ञवाली प्रथम, आयुश गुरुङ् द्वितीय तथा रोहित रानाभाट र संयम भुसाल तृतीय भएका छन् भने महिला तर्फ प्रीती गौतम प्रथम, यमुना राना द्वितीय तथा स्रीष्टी थापा र प्रविना कार्की तृतीय भएको खेल प्रशिक्षक बिकास खड्काले जानकारी दिनुभयो ।

क्लवका स्वर्गीय सदस्यहरु भिमप्रसाद न्यौपाने, राजकुमार श्रेष्ठ र क्लवको भातृ संस्था रोट्रयाक्ट क्लव अफ तिलोत्तमा देवदहकी सदस्य नीशा चापागाईको स्मृतिमा भएको उक्त प्रतियोगिताका विजयी खेलाडीहरुलाई क्लवले शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिएको प्रतियोगिताका संयोजक तथा क्लवका प्रथम उपाध्यक्ष गोपाल ज्ञवालीले बताउनु भयो ।

पुरस्कार वितरण गर्दै रोटरी क्लवका एसिष्टेन्ट गभर्नर खेमबहादुर कार्की सामाजिक अभियानमा क्रियाशिल क्लवले सुरु गरेको प्रतियोगितालाई निरन्तर रुपमा सञ्चालन गर्न आग्रह गर्दै यसले रोटरीको समेत गरिमा बढाउने विश्वास व्यक्त गर्नुभयो । क्वलमा रहेका क्रियाशिल सदस्यहरुको असामहिक निधन पछि उनीहरुको स्मृतिमा बालबालिकालाई कुलतमा जानबाट रोक्नकालागि खेलप्रति आकर्षित गर्न प्रतियोगिता सुरु भएको र यो प्रतियोगिता क्लव रहँदा सम्म रहिरहने क्वलका अध्यक्ष ओमप्रसाद अर्यालले बताउनु भयो ।

क्वलको सदस्यहरुको असामहिक निधन पछि सन् २०१७ मा निवर्तमान अध्यक्ष रमेश खनालले यो प्रतियोगिता सुरु गर्नुभएको थियो । क्लवमा निवर्तमान अध्यक्ष रमेश खनालले आफूले सुरु गरेको कार्यक्रमलाई क्लवले निरन्तरता दिएकोमा खुसी व्यक्त गर्दै यो प्रतियोगिता क्लवका सदस्यहरुलाई जिवन्त बनाईरहने र बालबालिकालाई खेल प्रति आकर्षित गरि कुतलमा जान समेत रोक्ने भएकाले आगामी वर्ष पनि निरन्तर रुपमा गर्न आग्रह गर्नुभयो । कार्यक्रमको सञ्चालन क्लवका सचिव थानेश्वर पाण्डेले गर्नुभएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

नेपाली प्रोफाइलमा खाता किन?

समाचार संग्रह गर्न तथा संग्रहित समाचार पढ्न सक्नुहुनेछ ।

नेपाली प्रोफाइलमा आफ्ना लेख प्रकाशित गर्न सक्नुहुनेछ ।

तपाईंको रुची अनुसारको समाचार पढ्न सक्नुहुनेछ ।

%d bloggers like this: